अर्थ-वाणिज्य

अपेक्षित राजश्व नउठ्दा विकास निर्माणका कामको भुक्तानी रोकियो




वाँके २४ चैत्र । तुलसीपुरका गोपाल वली (प्रवीण) निर्माण व्यवसायी हुन्। उनी दैनिक तुलसीपुर उपमहानगरपालिकाको कार्यालय पुग्छन्। यसरी दैनिक उपमहानगर धाउनुपर्दा दिक्क भएको बताउँछन् उनी। विभिन्न काम पूरा गरेबापत उपमहानगरसँग लिनुपर्ने १ करोड ६० लाख रुपैयाँ नपाएपछि उनी दैनिकजसो उपमहानगर पुग्न थालेका हुन्।गोपालले टेन्डरमार्फत २०७८ पुस ८ गते काम पूरा गर्ने गरी स्मृति विशाल सेवा कन्ट्रक्सनको नामबाट निर्माणको जिम्मा लिए। उनले तोकिएको समयअघि नै काम पूरा गरी भुक्तानीका लागि उपमहानगरमा बिल बुझाए। त्यसको लामो समयसम्म पनि भुक्तानी नपाएपछि धेरै समस्यामा परेको बताए। उनले आफूले लिनुपर्ने पैसाका लागि दिनदिनै उपमहानगर आए पनि नपाएको गुनासो गरे। उनले पैसा नभएका वेला टेन्डर खोलेर आफूलाई उपमहानगरले फसाएको आरोप लगाए।
उनले उपमहानगरको काम गरेका अरू व्यवसायीको अवस्था पनि आफ्नो जस्तै रहेको बताए। आफूले पुरानो पैसा तिर्न नसक्दा अरू ठाउँमा काम गर्ने सामान पाउन कठिनाइ भएको गुनासो गरे। यसले आफूलाई निकै समस्या भएको समेत बताए। उनले उपमहानगरले आफू जस्तै व्यवसायीलाई उधारोमा काम गराएर झूटो राजनीतिक प्रचार गरिरहेको पनि आरोप लगाए। यस्तै उनले आफूले भ्याट काटेर बिल पेश गरेको भन्दै कर कार्यालयमा पनि जरिवाना तिर्नुपर्ने अवस्था आएको बताए।
त्यस्तै उनले पटक पटक आफू उपमहानगरमा आउने गरे पनि मेयर, उपमेयर कहिले नभेटिने गरेको पनि गुनासो गरे। त्यस्तै आफूले ७ दिनभित्रको हर्जाना सहितको भुक्तानी दिन म्याद दिएको बताउँदै पैसा नपाएको खण्डमा सार्वजनिक खरिद ऐनको आर्थिक नियमावलीअनुसार अगाडि बढ्ने चेतावनी दिए।

प्रकाशित : २४ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६