जीवनशैली

उच्च शिक्षाका लागि विदेश जाने क्रम राेकेर नेपालमै पढ्ने वातावरण बनाउनु पर्छ : भण्डारी



काठमाण्डाै २५ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई स्वदेशमै त्यसकाे वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

आज शुक्रवारदेखि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) को काठमाण्डाैमा सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्ताे बताउनुभएकाे हाे । उहाँले नेपालबाट उच्च शिक्षाका लागि बर्सेनि हजारौँ विद्यार्थी विदेश पलायन भइरहेका भन्दै याे क्रमलाई रोकेर नेपाललाई विदेशी विद्यार्थीको अध्ययनको गन्तव्य बनाउन सकिने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले विदेशी विद्यार्थीलाई समेत नेपालमा अध्ययन तथा अनुसन्धानका लागि आकर्षित गर्नसके शिक्षाको लगानी परिणाममा निकाल्न सकिने बताउनुभयो । उहाँले स्वदेशमै उच्च शिक्षा दिनसके स्वावलम्बी र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारले निर्माण गरेका विश्वविद्यालयलाई आफ्नै विश्वविद्यालय ठानेर हेलचक्याइँ नगर्न कुलपतिहरूलाई आग्रह गर्नुभयो । उहाँले यस्तो पक्षले उच्च शिक्षालाई नियमन गर्ने कुरामा गम्भीर असर परिरहेको बताउनुभयो ।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६