कपिलवस्तु २५ चैत : कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर १ मा १५ बेडको सुविधा सम्पन्न अस्पताल भवनको शिलान्यास गरिएको छ । महराजगन्ज नगरपालिकामा आधारभुत तहको सुविधा सम्पन्न अस्पतालको कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री तथा पूर्वमन्त्री सुरेन्द्रराज आचार्य, मेयर अब्दुल कलाम र उम मेयर सुभावपत कुर्मीले फाउन्डेशमा ईटा हालेर भवनको शिलान्यास गरेका हुन् । सो अवसरमा महामन्त्री आचार्यले विकासमा पछि परेको महाराजगंज नगरपालिकामा अस्पताल निर्माणले अब जनताले यहीबाट उपचार सुविधा पाउने बताए । उनले विकासमा निकै पछि परेकमो महाराजगन्जमा अस्पताल निर्माण भए पछि नगरका जनताले धेरै राहत पाउने बताए । पछिल्लो ५ वर्षको अवधिमा महाराजगन्जमा धेरै विकासका कामहरु भएको उनले बताए ।
महराजगन्ज नगरपालिका वडा नम्बर १ प्राथमिक स्वास्थय चौकीको उत्तर तर्फ एक बिघा बढी क्षेत्र रहेको जग्गामा सुविधा सम्पन्न अस्पताल निर्मााणको कार्य विधिवत रुपमा अघि बढको महाराजगन्जका मेयर अब्दुल कलामले बताए । निर्माण हुने अस्पतालमा आधारभुत तहको स्वास्थ्य सेबा उपलब्ध हुने उनले बताए। जनरल फिजिसियन, प्रसूति, ल्याब, फार्मेसि डेन्टल आँखा लागतयका आधारभुत सेवा अस्पतालमा उपलब्ध हुने उनले बताए ।
अस्पताल निर्माण भए पछि महराजगन्जले स्वास्थ्य सेवामा फडको मार्ने उनले बताए । सामान्य उपचारकालागि समेत जिल्लाको कपिलवस्तु नगरपालिका र छिमेकी जिल्ला रुपन्देही र भारत जानु पर्ने बाध्यता अस्पताल निर्माण भए पछि हटने मेयर कलामले बताए । उनले नगरबासीको स्वास्थ्य सेवा आफ्नो पालिकाको पहिलो प्राथमिकता रहेको बताए।
उनले पालिकामा रहेको ११ वटै वडामा बर्थिङ सेन्टर निर्माण गर्ने र ११ वटै वडामा भवन निर्माण गर्ने योजना रहेको बताए। ११ मध्ये ६ वटा वडामा बर्थिक सेन्टर सञ्चालन भइसकेको उनले बताए। बाँकी ४ स्वास्थ्य चौकीमा समेत बर्थिङ सेन्टर चाडै बनाइने उनले बताए। यस्तै वडा नम्बर ४, ५ र ११ मा अधुरो स्वास्थ्य चौकी भवन समेत चाडै निर्माण गरिने उनले बताए ।
प्रतिक्रिया