अन्तर्राष्ट्रिय

लुम्बिनीमा रुसलाई युद्ध रोक्न आह्वान गर्दै दीप प्रज्वलन




लुम्बिनी २६चैत्र ।विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आह्वान गर्दै मानव अधिकार तथा शान्ति समाजले बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरेको छ । दीप प्रज्वलनमा सहभागीहरूले युद्धलाई निषेध र शान्ति प्रवर्द्धनको कामना सँगै हिमालय बचाउन र नदी जोगाउनसमेत अपिल गरेका छन् ।दीप प्रज्वलनका क्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लुम्बिनी विश्व शान्तिको मुहान भएकाले रुससहित विश्वलाई शान्तिको सन्देश दिन लुम्बिनीमा दीप प्रज्वलन गरिएको बताए । युद्धले कसैको जित नहुने बरु क्षति मात्रै हुने भएकाले सबैले शान्तिको पक्षमा आवाज उठाउनुपर्ने सभापति खनालले बताए ।
समाजले चैत १७ गते गोरखाबाट सुरु गरेको हिमालय बचाऔं, नदी जोगाऔं, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार, युद्ध निषेध स् शान्ति विशेष र लागुऔषधरमदिरा दुर्व्यसनविरुद्धको अभियानको पहिलो चरण पनि लुम्बिनीमा दीप प्रज्वलनसहित समापन भएको छ ।अभियान अन्तर्गत गण्डकी प्रदेशको माथिल्लो मुस्ताङ लोमान्थाङ्गसहित लुम्बिनी, बाग्मती र कर्णाली प्रदेशका रुकुम पश्चिम, सल्यानसमेत गरी २० जिल्लाका २२ स्थानमा सभा सम्पन्न भएका समाजले जनाएको छ ।जलवायु परिवर्तन र विश्वव्यापी उष्णताका कारण हिमालय क्षेत्रमा अनपेक्षित रुपमा तापक्रममा वृद्धि भई हिमाल नाङ्गिन थालेको र नदीको अत्यधिक दोहनका कारण थप खतरा उत्पन्न भएको हुँदा मानव जीवनको स्रोत हिमालय बचाउन र नदी जोगाउन ठोस इच्छाशक्ति, नीति र योजना स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै आवश्यक भएकोतर्फ समाजले ध्यानाकर्षण गराएको जनाएको छ ।

प्रकाशित : २६ चैत्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६