प्रदेश

काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा मौसम धुम्मि



काठमाण्डौ २६ चैत – काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा अहिले मौसम धुम्मिएको छ ।

स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसम धुम्मिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धुम्मिएको मौसम पर्सिदेखि भने बिस्तारै सुधार हुँदै जाने सम्भावना छ । महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका पहाडी केही भू–भागमा मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ ।

मौसम बद्ली भएका यी क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् सापकोटाले बताउनु यो । तर ठूलो पानी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । तराईका प्राय सबै क्षेत्रमा आज पनि दिनभरि नै पारिलो घाम लाग्नेछ। 

प्रकाशित : २६ चैत्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६