प्रदेश

निर्वाचन तथा अनुगमन तयारीका लागि गठबन्धनको बैठक बस्ने




काठमाडौं, २७ चैत्र । सत्ता गठबन्धनद्वारा आसन्न स्थानीय निर्वाचनका सम्बन्धमा तालमेलका लागि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आइतबार दिउँसो ४ बजे बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उक्त बैठकमा निर्वाचनमा तालमेल र यसको मापदण्डलगायतका विषयमा छलफल हुने काँग्रेस नेता पौडेलका प्रेस संयोजक चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । चैत २२ गतेको सत्ता गठबन्धनको बैठकले पौडेल नेतृत्वमा दश सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो ।

समितिमा काँग्रेसका तर्फबाट पौडेलसहित सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगनकुमार थापा, नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरुङ र वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) बाट महासचिव डा. वेदुराम भुषाल र उपमहासचिव डा. विजय पौडेल, जनता समाजवादी पार्टीबाट अशोक राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी सदस्य हुनुहुन्छ ।

प्रकाशित : २७ चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६