अन्तर्राष्ट्रिय

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री खानविरुद्ध पक्राउ आदेश जारी



काठमाडौं, २७ चैत्र । प्रधानमन्त्री पदबाट हटेको २४ घण्टा नवित्दै पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खान विरुद्ध पक्राउ आदेश जारी गरिएको छ । शनिबार राति संसदमा विश्वासको मत गुमाएका खान विरुद्ध त्यहाँको सेनाले पक्राउ आदेश जारी गरेको बताइएको छ ।संसदमा मतदान अघि नै सरकारी निवास छाडेर हिंडेका खानको निवासमा आज आइतबार बिहानै छापा मारिएको थियो ।

पाकिस्तानी सेनाले खान सरकारका मन्त्री तथा उच्च पदस्थ अधिकारीहरुलाई देश नछाड्न पनि भनेको छ । राजधानी इस्लामावादमा गए रातीदेखि नै सुरक्षा सतर्कता अपनाइएको छ भने ठाउँमा ठाउँमा हतियारधारी फौज तैनाथ गरिएको छ ।

शनिबार राति पाकिस्तानको नेशलन एसेम्ब्लीमा भएको अविश्वास प्रस्तावमाथिको मतदानमा इमरान खानको सरकार पराजित भएको थियो । विपक्षीहरुले नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गरिएका शाहबाज सर्रिफ भोलि सोमबार प्रधानमन्त्रीमा नियुक्त हुनसक्ने बताइएको छ ।प्रस्तावित प्रधानमन्त्री सर्रिफले कसैविरुद्ध बदलाको भावना नराख्ने तर कानुनलाई काम गर्न पनि नरोक्ने बताइरहेको बेला निवर्तमान प्रधानमन्त्री खान विरुद्ध पक्राउ आदेश जारी भएको हो ।

प्रकाशित : २७ चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६