खेलकुद

नेपाली राष्ट्रिय फुटसल टिम उज्वेकिस्तानसँग पराजित



काठमाडौं, २७ चैत्र। एएफसी फुटसल एसियन कप छनोटमा नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको छ । उज्वेकिस्तानका लागि रोपिभ इख्तियोरले २ गोल गर्दै नेपाललाई निराश बनाएका हुन् । खुस्नीद्धिन निसोनोले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै उज्वेकिस्तानलाई अग्रत दिलाएका थिए । खेलको ५ औं मिनेटमा रोपिभ इख्तियोरले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यस्तै, खेलको ११ औं मिनेटमा उज्वेकिस्तानका उस्मोनोभ अक्बरले गोल गर्दै पहिलो हाफमा नै खेल उज्वेकिस्तानको पकडमा लगे ।

नेपालका लागि खेलको २८ औं मिनेटमा मणी कुमार लामाले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरे । तर ३२ औं मिनेटमा रोपिभ इख्तियोरले व्यक्तिगत दोश्रो गोल गर्दै उज्वेकिस्तानको जित पक्का गरे । दोस्रो हाफको अन्तिम मिनेटमा उज्वेकिस्तानका गोलरक्षक रभ्सन इलिबेभले गोल गर्दै उज्वेकिस्तानलाई ५–१ को जित दिलाएका हुन् । खेलको २९ औं मिनेटमा खेम सुमित श्रेष्ठलाई फाउल गर्दा नेपालले फ्रि किक पाएको थियो । फ्रि किकमार्फत पाएको अवसरलाई पासका माध्यमद्वारा सरोज तामाङले हानेको बल पोष्टको बारमा लाग्दै बाहिरियो ।

यसअघि एएफसी फुटसल छनोटमा नेपाल सन् २०१७ मा र २०१९ मा उज्वेकिस्तानसँग क्रमश स् १४–१ र ४–१ ले पराजित भएको थियो । २०१९ मा मणि कुमार लामाले गोल गरेको र यस पटक पनि उनै मणिले गोल गरे । उनी एपीएफबाट फुटबल खेल्छन् । खेलमा पराजित भए पछि नेपालका प्रशिक्षक गौरव बस्नेतले नेपालले राम्रो प्रदर्शन गरे पनि गोल गर्न नसक्दा पराजित हुनु परेको बताए । ‘दोस्रो हाफमा हामीले धेरै मौका पायौं । तर उपयोग हुन सकेन केही बारमा लागेर फर्किए । आजको खेलमा हामीले बलियो प्रतिस्पर्धा दिएका हौं तर उज्वेकिस्तान भाग्यशाली सावित भयो’, नेपालका प्रशिक्षक गौरव बस्नेतले भने ।

उनले आगामी खेलमा ताजकिस्तान र अफगानिस्तानसँग रणनीति परिवर्तन गर्दै राम्रो खेल्ने बताए । प्रशिक्षक बस्नेतले नेपालले मैत्रीपूर्ण खेल नखेलेका कारण पनि गाह्रो भएको बताए । ‘हामीले यस्तो मैदानमा मैत्रीपूर्ण खेल खेलेका थिएनौं । किर्गिस्तानमा खेलेको दुई मैत्रीपूर्ण खेल पनि यस्तो मैदानमा थिएन, पिचमा थियो, त्यसले पनि समस्या भयो ।’ नेपाले दोश्रो खेलमा भोलि ताजकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित : २७ चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६