प्रदेश

सेनाले सशस्त्र प्रहरीलाई १० हजार ६ सय थान हतियार दिने



काठमाण्डौ, २७ चैत्र । नेपाली सेनाले सशस्त्र प्रहरीलाई झन्डै ६ सय थान हतियार उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई इन्सास राइफल पाँच सय वटा र अन्य राइफल ९० थान गरी पाँच सय ९० थान हतियार प्रदान गर्नुभयो । सेनाले हतियारको साथमा हतियारमा लाग्ने विभिन्न सामग्री पनि प्रदान गरेको छ ।

गएको चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा र ठूला कार्यक्रम सञ्चालन गर्नका लागि सेनाले १० हजार ६ सय थान हतियार उपलब्ध गराउने निर्णय गरेको थियो ।
पहिलो चरणमा सेनाले आज हतियार सशस्त्रलाई प्रदान गरेको हो । सेनाले नौ हजार थान इन्साफ राइफल र एक हजार ६ सय थान हल्का हतियार प्रदान गर्नेछ । बाँकी हतियार र सामग्री क्रमशः हस्तान्तरण गर्दै जाने र यसले सशस्त्र प्रहरीको क्षमता अभिवृद्धि हुनुका साथै सुरक्षा निकायबीचको सम्बन्ध थप बलियो हुने सेनाले जनाएको छ ।

प्रकाशित : २७ चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६