अर्थ-वाणिज्य

एमालेमा कतै एकल नाम कतै ६ गुणाबढी नाम सिफारिस




भगवती न्यौपाने
कपिलवस्तु २७ चैत्र । नेकपा (एमाले) जिल्ला अध्यक्ष डम्बर शर्माले देश एमालेमय भएको देखेपछि अत्तालिएर चुनाव सार्ने षडयन्त्र गर्ने खतरा बढेको वताउनु भएको छ । उहाले बाणगंगा ४ मा आयोजित अगुवापार्टी कार्यकर्ताको भेलामा यस्तो वताउनु भएकोहो । उहाले देशको अर्थतन्त्रलाई जोगाउन एमाले आवश्यक पर्ने बताउदै आसन्न निर्वाचनमा नेकपा (एमाले)लाई जनताको दरिलो साथ रहने विश्वास व्यक्त गर्नु भयो । देश र जनताको लागि सोच्ने एकमात्र पार्टी एमाले नै रहेकाले जनताको आसा, भरोसा र विश्वास एमाले प्रति बढिरहेको उहाँलेब ताउनुभयो ।
प्रदेश कमिटि सदस्य बाबुराम आर्चाय, दोणराज सुवेदी, चक्रपाणी अर्याल लगाएतले बोल्दै एमाले सरकारमा रहदा गरेको काम र जगाएको आसा एवं भरोसाको कारण प्रतिपक्षी भूमिकामा रहेको अवस्थामा पनि एमाले प्रति जनताको आकर्षण बढिरहेको दावी गर्नुभयो । साथै जित्नका लागि पार्टीलाई संगठित बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । युवा नेता निर्मल कडेल शर्माको सञ्चालनमा भएको भेलामा जिल्ला कमिटी सचिवालय सदस्यहरु भेषराज पाण्डे, सर्बेन्द्र देव खनाल,शंकर पाण्डे,र चेतना अधिकारी लगायत जिल्लाका नेताको उपस्थिति रहेको थियो ।वडा नं ४मा नाम सिफारिस गर्न भेलावाट कार्यदल वनाइएको छ ।
यता वडा नं. ६ मा पनि उम्मेदवार दिने नेताहरुको नाम सिफारिस गरि वडा कमिटीले जिल्ला कमिटीलाई पठाईएको छ । आईतबार भएको वडा कमिटीको भेलाले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने पार्टी कार्यकर्ताहरुको नाम सिफारिस गरि पठाएको हो । वडा कमिटीले एक पदमा ३ जना सम्मको नाम सिफारिस गर्न पाउने अधिकार भएपनि आकांक्षी बढी भएको र नाम कसैले फिर्ता नलिए पछि वडा अध्यक्ष सहित ३३ जनाको नाम सिफारिस गरि पठाएको छ ।
वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य, खुला सदस्य सहित गरि ३३ जनाको नाम सिफारिस गरिएको हो । यसैविच कार्यक्रममा प्रदेश कमिटी सदस्य ठाकुर प्रसाद पोख्रेलले बोल्दै वडामा पार्टीलाई जिताउन सबै नेता कार्यकता एक जुट भएर लाग्नुपर्ने बताउनुभयो । एमाले नेतृत्वको सरकार हुदा देशमा विकासले तिब्रता पाएको बताउदै अहिले चुनावमा एमालेलाई जिताउन आवश्यक रहेको दाबी गर्नुभयो ।
यस्तै कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष विश्राम प्रसाद थारु, जिल्ला सदस्य रिता थारु, नेपाल खेलकुद महासघं केन्द्रिय कमिटी सदस्य तेजेन्द्र पाण्डे लगाएतले बोल्दै अहिले चुनावी माहोल एमालेमय बनेको बताउनुभयो । कार्यक्रम वडा कमिटी अध्यक्ष नमनारायण उपाध्यायको अध्यक्षता सचिव देवी पोख्रेलको संचालनमा सम्पन्न भएको हो । उता वडा नंं ५ मा वडा अधयक्ष पदका लागि युवराज पोख्रेलको एकल नाम वडा कमिटीले सिफारिस गरेको छ ।

प्रकाशित : २७ चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६