अर्थ-वाणिज्य

राप्रपाको निर्वाचन परिचालन समिति गठन




कपिलवस्तु २७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शिवराज नगर कार्यसमितिको बैठकले ११ वटै वडाबाट प्रतिनिधि छनौट गर्न राम बहादुर रायमाझिको संयोजकत्वमा रामु भुसालसहितको १३ सदस्यीय निर्वाचन परिचालन समिति, ऋषि राम खनालको संयोजकत्वमा नारायण आचार्य, जनक भुसालसहितको ९ सदस्यीय निर्बाचन प्रचार प्रसार समिति गठन गरिएको छ । यस्तै बैठकले राम अचल चौधरीको संयोजकत्वमा गंगा राम कुर्मी, दामोदर मिश्रसहितको ५ सदस्यीय अनुगमन समिति गठन गरेको छ ।
उक्त बैठकले यहि चैत मसान्तसम्म नगर कार्यसमितिको चुनाव प्रचार सम्पर्क कार्यलय खोल्ने र वैशाख ५ गतेसम्म वडाको सम्पर्क कार्यलय खोल्ने निर्णय समेत गरेको छ । उक्त बैठकलाई निर्देशन दिदैं पार्टिका केन्द्रिय सदस्य ध्रुब रायमाझिले पार्टिले लिएको एजेन्डा र नेतृत्व प्रति आम मानिसको आकर्षण रहेको र अज युवाहरु नै आफै खोजि खोजि पार्टि प्रबेश गरेकाले अब बिकल्प राप्रपा मात्र रहेको बताउनुभयो । उहाँले राप्रपामा लाग्नु र राप्रपालाई मतदान गर्नु भनेको मुलक बचाउने र बनाउने अभियानमा लाग्नु हो भन्दै पार्टिको चुनाव चिन्ह हलोमा मतदान गरि राप्रपाका उम्मेद्वारलाई विजयी गराउन घर घर पुगेर जनतालाई बुझाउन निर्देशन दिनु भयो । सोही बैठकमा विभिन्न पार्टि परित्याग गरि ३५ जना पार्टिको सदस्यता लिई राप्रपामा प्रवेश गरेका छन् ।
उक्त कार्यक्रममा क्षेत्र नम्बर ३ क प्रदेशसभा अध्यक्ष गंगाराम कुर्मि, बाणगंगा नगर अध्यक्ष गिरिराज कँडेल , बुद्दभुमि नगर अध्यक्ष लिलाखर अधिकारी, राप्रपा नेता भिष्म ठुगांना, नवराज अधिकारी, रामबहादुर थारु, बेलबहादुर कुवँर लगायतको उपस्थितमा रहेको थियो । शिवराज नगर कार्यसमितिका अध्यक्ष रामबहादुर रायमाझिको अध्यक्षता रहेको बैठक ऋषि राज खनालको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित : २७ चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६