खोज–अनुसन्धान

विप्लव समुहले यस्ता उम्मेदवारलाई भोट दिने भयो



काठमाडौँ २८ चैत्र। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी स्थानीय तह निर्वाचनमा एमसीसीको विरोध गर्नेहरूलाई सहयोग गर्ने भएको छ । नेकपाको १२ औँ पूर्ण बैठकले निर्वाचन आयोगमा पार्टी दर्ता गरेर स्थानीय तह चुनावलाई उपयोग नगर्ने तर ुएमसीसी र राष्ट्रघातको विरोध गर्नेुहरूलाई सहयोग गर्ने निर्णय गरेको छ ।।महासचिव चन्दले मातहतका कमिटीलाई पठाएको परिपत्रमा लेखिएको छ, ुआगामी स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने तर, एमसीसी एवं राष्ट्रघात विरोधी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने । संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णय लिइएको छ ।
स्थानीय तह निर्वाचनमा सहभागी हुने कि नहुने भन्नेमा नेकपामा दुई धार थियो । महासचिव चन्द र खड्गप्रसाद विश्वकर्माहरूले चुनावमा सहभागी हुने लाइन लिएका थिए भने अरु नेताहरूले कुनै पनि हालतमा स्थानीय तह निर्वाचनमा भाग नलिने भनाइ बैठकमा राखेको सार्वजनिक भएको थियो । बैठक लगत्तै विश्वकर्मालगायतका नेताहरू निर्वाचन आयोग पुगेका थिए । चुनावमा सहभागी हुनका लागि दल दर्ता गर्नुपर्ने र त्यो समय अहिले उपलब्ध हुने अवस्था नरहेपछि नेकपाले अरु दलका उम्मेदवारलाई सघाउने निर्णय गरेको बुझिएको छ ।चन्दको पार्टीले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सांस्कृतिक जागरण अभियान चलाउने निर्णय पनि गरेको छ । ुसांस्कृतिक अभियानलाई जागरण र स्थानीय चुनावमा केन्द्रीत गरी संचालन गर्नेु निर्णय उक्त पार्टीको छ ।
त्यस्तै, एमसीसीको विरोध गर्दै आएको चन्द नेतृत्वको नेकपाले परियोजना रोक्न प्रयास गर्ने निर्णय लिएको छ । त्यसका लागि जमिन अधिग्रहण गर्न नदिने निर्णयमा उल्लेख छ । ुएमसीसीले अधिग्रहण गरेको जमिन जनताको संघर्षको बलमा रोक्ने । त्यसका निम्ती सम्बन्धित जिल्लाहरूले व्यापक तयारी गर्ने,ु परिपत्रमा उल्लेख छ । संसद्‌बाट एमसीसी पारित भएको विषयमा नेकपाले विरोध गर्दै आइरहेको छ ।

प्रकाशित : २८ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६