प्रदेश

सहकार्य र सहयोगको भावनाले अघि बढ्न सत्ता गठबन्धनको आह्वान



काठमाण्डौ, २८ चैत्र । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोगको भावनाले अघि बढ्न आह्वान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा आपसमा मिलेर अघि बढ्ने निर्णय गरेको हो ।

शीर्ष नेताले जारी गरेको संयुक्त अपिलमा चुनावमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरिएको छ । सत्ता गठबन्धनले पालिका चुनावमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरे पनि कतिपय ठाउँमा उम्मेदवार तय र भागबन्डामा कुरा नमिल्दा सहमति हुन सकेको छैन ।

तालमेलको मोडालिटी बन्न बाँकी छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले पालिकाबाट आएका प्रतिवेदनका आधारमा तालमेलको मोडालिटीको सुझाव दिइसकेको छ ।

प्रकाशित : २८ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६