काठमाडौं, २८ चैत्र । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल दोश्रो खेलमा ताजकिस्तानसँग ११–१ ले पराजित भएको छ । ताजकिस्तानसँग पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको हो । ताजकिस्तानका लागि सर्डोरोभ फेजली, हालीमोभ सबोट,योरोभ इद्रिस र रिजमोभ सामन्दरले २र२ गोल गर्दै नेपाललाई पछि पारेका हुन् ।
खेलको पाँचौ मिनेटमा योरोभ इद्रिसले ताजकिस्तानका लागि पहिलो गोल गरेका हुन् । त्यस्तै कुजिभ उमिदले २१ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । खेलको ३१ औं मिनेटमा सर्डोरोभ फेजलीले तेस्रो गोल गरेका हुन् । खेलको ३२ औ मिनेटमा नेपालले आत्मघाती गोल खायो । सर्डोरोभ फेजलीले हानेको बल रोक्न खोज्दा सरोज तामाङले आफ्नै पोष्टमा प्रहार गरेका हुन् । पाँचौ गोल पनि सर्डोरोभ फेजलीले ३३ औं मिनेटमा गोल गरेका हुन् । छैटौं र सातौं गोलका लागि हलिमोभ सबोटले ३३ औं मिनेटमा २ गोल गर्दै उत्कृष्ट लय दिलाएका हुन् ।
कुजिभ उमिदले खेलको ३४ औं मिनेटमा ताजकिस्तानका लागि आठौं गोल गरे । खेलको ३६ औं मिनेटमा रिजमोभ सामन्दरले ताजकिस्तानका लागि नवौं गोल गरेका हुन् । त्यसको एक मिनेट पश्चात नै अर्को गोल गर्दै उनले ताजकिस्तानलाई लगातार खुसी दिलाएका हुन् । त्यस्तै खेलको अन्तिम मिनेटमा यारोभ इद्रिसले खेलको व्याक्तिगत दोस्रो र ताजकिस्तानका लागि ११ औं गोल गर्दै फराकिलो जित दिलाएका हुन् ।
पहिलो हाफमा १–१ बराबरीमा रोकिएको खेल ताजकिस्तानले दोस्रो हाफ पूरै कब्जामा लिदैं फराकिलो जित हात पारेको हो ।नेपालका लागि खेलको तेस्रो मिनेटमा अदिल हमिदले गोल गर्दै अग्रता दिलाएका हुन् । खेलको राम्रो सरुवात गरेको नेपालले दोस्रो हाफमा भने कुनै गोल गर्न सकेन ।
खेलको २२ औं मिनेटमा क्रुल खड्काले हानेको बल बारमा लागेर फर्किएको हो । सोही बललाई मणी कुमार लामाले प्रहार गर्दा ताजकिस्तानका गोलरक्षक अलि कुलोभले रोके । पहिलो खेलमा नेपालले आइतबार उज्वेकिस्तानसँग ५,१ को हार बेहोरेको थियो ।
प्रतिक्रिया