प्रदेश

एकीकृत समाजवादी र शशांक कोइरालालाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो



काठमाण्डौ, २८ चैत्र । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

गएको शनिवार भृकुटीमण्डपमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आयोगमा परेपछि तीन दिनभित्र जवाफ दिन भन्दै आयोगले पत्र पठाएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

यस्तै आयोगले नेपाली कांग्रेसका नेता डा। शशाङ्क कोइरालालाई पनि स्पष्टीकरण सोधेको छ । कोइरालालाई चुनाव खर्च विवरणबारे स्पष्टीकरण दिन भनेको हो । नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कोइरालाले आयोगमा २१ लाख ७५ हजार रुपैयाँ खर्च भएको विवरण बुझाए पनि सार्वजनिक कार्यक्रममा चुनावमा ६ करोड रुपैयाँ खर्च गरेको अभिव्यक्ति दिएको भन्दै आयोगले सात दिनभित्र स्पष्ट पार्न निर्देशन दिएको हो । कोइरालाले केही दिनअघि एक कार्यक्रममा चुनाव खर्च महँगो हुँदै गएको र आफूले अघिल्लो चुनावमा ६ करोड रुपैयाँ खर्च गर्नुपरेको बताउनुभएको थियो ।

यसैबीच पालिका चुनावका लागि अहिलेसम्म २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छपाइ कार्य सम्पन्न भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । यस्तै चुनावको मिति घोषणा भएपछि आचारसंहिता लागू हुनुअघिसम्म २३ हजार आठ सय जना मतदाता थपिएको आयोगले जनाएको छ । (साभार)

प्रकाशित : २८ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६