इस्लामावाद २८ चैत । पाकिस्तानले नयाँ प्रधानमन्त्री पाएको छ ।पछिल्लो समय राजनीतिक उथुलपुथल भइरहेको पाकिस्तानमा सहबाज सरिफ नयाँ प्रधानमन्त्री बनेका छन्। सोमबार नेसनल एसेम्ब्लीमा पाकिस्तान मुस्लिम लिग (नवाज)का सरिफ निर्विरोध प्रधानमन्त्री नियुक्त भएका हुन्। उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन्।संसदको सबैभन्दा ठूलो दल इमरान खान नेतृत्वको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पिटिआई) का सांसदहरूले निर्वाचन बहिष्कार गरेपछि सरिफ निर्विरोध प्रधानमन्त्री चयन भएका हुन्।
३४२ सदस्यीय एसेम्ब्लीमा पिटिआईका १५५ जना सांसद छन्। शनिबार राति इमरानविरूद्धको अविश्वास प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका थिए। खानले विपक्षीलाई देशद्रोहीको संज्ञा दिँदै उनीहरूसँग संसदमा सँगै नबस्ने बताएका छन्।
प्रतिक्रिया