कपिलवस्तु २८ चैत : कपिलवस्तुको महराजगंज नगरपालिकाले नगरको विकासमा योगदान दिएको भन्दै बिभिन्न क्षेत्रका ११ संस्थालाई सम्मान गरेको छ । नगरपालिकाले पत्रकार महासंघ, कालिका सामाजिक विकास केन्द्र,माहुरी होम सुआहारा दोश्रो, आइएनएफ, फेयरमेड, नगरमा रहेको २ बैक लगायतलाई सम्मानित गरेको हो । मेयर अब्दुल कलाम र प्रमुख प्रशाकीय अधिकृत रबिन्द्र चौधरीले दोसल्ला ओढाई सम्मान पत्र र मायाको चिनो प्रदान गरी संसथाालई सम्मान गरेका थिए ।सो अवसरमा मेयर कलामले महाराजगंजको सामाजिक, आर्थिक, शैक्षिक स्वास्थ्य लागतयका क्षेत्रको विकासमा संस्थाहरुले गरेका विकासको कदर गर्दै आफुहरुले ती संस्थालाई सम्मानित गरेको बताए । ५ बर्ष अघि आफुले गरेको प्रतिबद्धता अनुसार ९० प्रतिशत बढी काम गरेको उनले दाबी गरे ।
नगरलाई किचडमुक्त बनाउने, ६ वटा बर्थिङ सेन्टर स्थापना, १५ बेडको अस्पतालको निर्माण कार्य सूरुवात भएको उनले बताए । दोश्रो कार्यकाल पनि मेयरमा उठन चाहेका उनले आफुलाई जनताले मौका दिए अधुरो रहेको कामहरु पुरा गर्ने उनले बताए । कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत चौधरीले नगरमा अहिले जनताले बिवकासको अनुभति गरेको बताए ।उनले यो विकासको गति अब नरोकिने बताए । नगरपालिकाले यस अघि पुर्व शिक्षक, कर्मचारी, महिला स्वयमसेविका, निर्वाचित जनप्रतिनि लगायतलाई समेत सम्मानित गरी सकेको छ ।प्रुमख प्रशाकीय अधिकृत चौधरीको अध्यक्षता र बृजेश यादवको संचालनमा भएको कार्यक्रममा ग्लोवल आईएमई बैक महराजगंजका ब्यवस्थापक कमल पौडल र आइएनएफकी मीना महतो, नगरपालिका प्रशासन फाटका प्रमुख निरंजन पौडेलले शुभकामना मन्तब्य दिएका थिए ।
प्रतिक्रिया