प्रदेश

आजदेखि अभिमुखीकरण तालिम संचालन गर्दै आयोग



काठमाडौं, २९ चैत्र । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खटिने निर्वाचन अधिकृत तथा जिल्ला निर्वाचन कार्यालयका प्रमुखका लागि आज (मंगलबार) देखि अभिमुखीकरण तालिम संचालन गर्दै छ।

आयोगले वैशाख ३ गतेसम्म सात वटै प्रदेशको ८ स्थानमा अभिमुखीकरण तालिम दिन लागेको हो। तालिममा ७ सय ५३ जना निर्वाचन अधिकृत तथा ७७ जिल्ला निर्वाचन कार्यालयका प्रमुख सहभागी हुनेछन्। सो तालिमको उद्घाटनको लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया प्रदेश-१ मा पुग्नुभएको छ।

त्यस्तै, निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सम्बन्धी गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन २०७९ वैशाख १ गतेदेखि दिन ‘स्थानीय तह निर्वाचन बुलेटिन’ समेत प्रकाशन गर्ने जनाएको छ ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६