खोज–अनुसन्धान

कपिलवस्तुका १० पालिकामा एमाले उम्मेदवारको नाम सिफारिस




कपिलवस्तु २९ चैत्र।नेकपा एमाले कपिलवस्तुले आज जिल्लाका १० वटै पालिकावाट मेयर उपमेयर र वडाका अध्यक्ष एवम सदस्यको उम्मेदवारी सिफारिस गरेकोछ । कपिलवस्तुका एमालेको पकड मानिएका बाणगंगा, विजयनगर, कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका देखि प्रभाव कम भएका अन्य पालिका समेतवाट मेयर उपमेयरमा कम्तीमा ३ देखि बढीमा ११ जना सम्मको नाम सिफारिस भएको छ ।बाणगंगा नगरको उम्मेदवार सिफारिस गर्न बसेको बैठकलाई संबोधन गर्दै एमालेका केन्द्रिय नेता एवम कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले एमालेको सबै भन्दा राम्रो पक्ष जतिपनि नेता आकांंक्षी देखिनु भएको छ सबैले आफूले पाएपनि नपाएपनि सन्तुष्ट रहने र निर्णय आएको ५ मिनट भित्रै पार्टीको काममा सकृयतापूर्बक लाग्ने वताएकाले जीत एमालेको सुनिश्चित रहेको दावि गर्नु भयो ।
१० बटै पालिकावाट सिफारिस भएका उम्मेदवार मध्ये वडाध्यक्ष सम्मको जिल्ला कमिटीले चैत्र मसान्त भित्र टुंंगो लगाउने छ भने मेयर उपमेयरको ३० गते भित्रै जिल्लाले सिफारिस गरि प्रदेश कमिटी समक्ष पठाउने छ । बणगंगावाट मेयरमा ६ जना सिफारिसमा परेकोमा पार्टीको प्रदेश कमिटीमा रहेका धेरै नेता रहेका छन् । जस अनुसार प्रदेश नेता एवम कपिलवस्तुका पूर्व अध्यक्ष झविलाल पोखरेल , कृष्ण पौडेल, चक्रपाणी अर्याल , जंजिर थारु , सूर्य कुमारी शाही सिफारिस भएका छन् । ती सबै प्रदेश कमिटीका सदस्य हुुन। जिल्ला स्तरको नेतामा विश्वको कार्की मात्र सिफारिसमा परेको वताइएको छ ।

एमालेका अधिकांस केन्द्रिय र प्रदेश नेता बाणगंगामा रहेकाले यहाको मेयरमा आन्तरीक प्रतिस्पर्धा गर्ने पनि जिल्ला भन्दा माथिल्लो कमिटीका नेता नै हुनु स्पभाविक रहेको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले वताउनु भयो । उता शिवराजमा मेयरमा अर्जुन केसी, महादेव पोख्रेल, र लोकेन्द्र पौडेलको नाम सिफारिस गरिएको छ भने , विजयनगरको अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मी थारुको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६