खोज–अनुसन्धान

निस्सासिएर एक महिलाको मृत्यू




रुकुम पश्चिम ३०(चैत। रुकुम पश्चिममा एक जना महिलाको निसास्सिएर मृत्यु भएको छ । बुधबार बिहान मुसीकोट नगरपालिका(६ कानेबाङ निवासी ६० वर्षिया पम्फा बोहराको सुतिरहेको बेला धुवाँमा निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका रुकुम पश्चिमले जनाएको छ ।कोठाबाट धुवाँको मुस्लो निस्किएपछि छोरा केशरमान बोहराले ढोका खोली हेर्दा आमाको मृत्यु भइसकेको फेला पारेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार छोराले ढोका खोलेर हेर्दा आमाको दाहिने हातका ५ वटा औँला जलेको र सिरानी जलिरहेको थियो। धुवाँको मुस्लो धेरै भएकोले निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित : १ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६