खोज–अनुसन्धान

अर्घाखाँचीमा गठबन्धन बीच सिट वाडफाड सकस तालमेलको अन्योलता बढ्दै



सन्धिखर्क १ बैशाख । देश मै सबैभन्दा पहिला ५ दलिय गठबन्धन थानीर चुनावमा जाने सहमति गरेको अर्घाखाँचीमा सिट वाडफाठमा सकस देखा परेपछि अन्योलता वढ्दै गएकोछ । स्थानीयतहको चुनावका लागि एमालेको तल्लो कमिटीबाट उम्मेदवारको नाम सिफारिसभई सकेको छ। यसरी एमालेले उम्मेद्वार टुङ्गो लगाउदै गर्दा गठबन्धनलाई भने उम्मेद्वार चयनमा सकस परेको छ । स्थानीय चुनावमा गठबन्धन गरेर जाने सहमति भए पनि कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा गठबन्धन दलहरुबीच विवाद छ । गठबन्धनबाट पालिकामा कुन दलको को उम्मेदवार बन्ने भन्नेबारे विवाद छ ।

केन्द्रमा समेत गठबन्धन गर्ने वा नगर्ने भनेर निर्णय नहुदै गठबन्धन गर्ने निर्णय गरेको अर्घाखाँचीमा पनि एमालेले उम्मेद्वार सिफरिस गरिसक्दा समेत गठबन्धन अन्यौलमा परेको छ । पालिकाको भागबन्डा नमिल्दा अझै उम्मेद्वार तय हुन सकेका छैनन । गठबन्धनका सबै दलका उम्मेद्वारका आकांक्षी बढिरहेका छन तर दलिय भागबन्डा नमिल्दा उम्मेद्वार सम्बन्धि निर्णय हुन सकेको छैन ।चुनाबको मिति नजिकिदै गर्दा गठबन्धनको बैठक बस्ने र बिना निष्कर्स सकिने भइरहेको छ । यसले गठबन्धनलाई नै असर गर्ने देखिन्छ ।

प्रकाशित : १ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६