खोज–अनुसन्धान

स्थानीय चुनावमा संघियता खारेजीको नारा लिएर जान्छौं :अध्यक्ष केसी




कपिलवस्तु २ बैसाख । राष्ट्रिय जनमोर्चा संघीयता खारेजीको नारा लिएर स्थानीय निर्वाचनमा जाने भएको छ। बुटवलमा ‘राष्ट्रिय जनमोर्चाको स्थानीय तह निर्वाचन घोषणा पत्र २०७५’को सार्वजनिक गर्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ भन्ने नारा लिएर चुनावमा जाने बताए।संघीय शासन प्रणालीको अभ्यासबाट संघीयताका कारण नेपालमाथि आर्थिक बोझ थपिँदै गएका कारण संघीयता खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीयतामा आधारित एकात्मक राज्य प्रणाली अपनाउनु उपयुक्त हुने उनले बताए। राष्ट्रिय जनमोर्चाले वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनलाई उपयोग गर्ने नीति लिएको भन्दै उनले चुनावमार्फत भ्रष्टाचार नियन्त्रण, विकेन्द्रीयता र सन्तुलित विकास नीतिमा जोड दिने बताए।
घोषणापत्रमा स्थानीय तहमा बढ्दो बेरूजु न्यूनिकरण गर्दै सुशासनमा जोड दिने, कृषि र कृषिजन्य उद्योगको विकासका लागि प्रयत्न गर्ने, स्वेदशी उत्पादनलाई संरक्षण गर्न विदेशी आयातमाथि नियन्त्रण गर्ने नीति अघि सारेको छ। जनमोर्चाले एमसीसी पारित गरेपछि राष्ट्रियतामाथि संकट बढ्दै गएकाले यो मुद्दालाई पनि चुनावमा लैजाने भनेको छ। अध्यक्ष केसीले संविधानमाथि हस्तक्षेप गर्ने प्रतिगमनका विरूद्ध पाँचदलीय गठबन्धनमा जनमोर्चा सामेल भएको बताए। नेकपा एमालेको नेतृत्वमा फाँसीवादी तथा प्रतिगामी प्रवृत्ति देखिएको भन्दै जनमोर्चाले घोषणापत्रमा स्थानीय निर्वाचनमा प्रतिगमनलाई परास्त गर्न गठबन्धनसँग सहकार्य गरेको उल्लेख गरेको छ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६