कृषि

रोल्पा माओवादीले भन्यो कांग्रेससंग गठबन्धन गरिदैन : सबै प्रमुख एक्लै जित्छौं




रोल्पा ३ चैत्र । रोल्पामा आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूबीच गठबन्धनको टुंगो नलाग्दा उम्मेदवार छनोट प्रक्रिया प्रभावित भएको छ । पहिले गठबन्धनको टुंगो लागेपछि मात्रै पार्टीका उम्मेदवार छनोटमा सहज हुने स्थानीय नेताको भनाइ छ । जिल्लामा गठबन्धनको मुख्य दल माओवादी केन्द्रले सहयात्री दलहरुबीच समन्वय र निरन्तर सम्पर्क गर्दै आएको छ ।तर गठबन्धनका सन्दर्भमा जिल्ला तहमा मात्रै छलफल भइरहेकाले स्थानीय तहमा यसबारे खासै जानकारी पुग्न सकेको छैन । माओवादी केन्द्रका जिल्ला संयोजक सुरेन्द्र घर्ती मगरको संयोजकत्वमा कांग्रेस, एकीकृत समाजवादी र जनमोर्चाका प्रतिनिधि रहेको गठबन्धन कार्यदल निर्माण गरिएको छ ।

गत चैत २० मा गठन गरिएको उक्त संयन्त्रले अझैसम्म ठोस मोडल तयार पार्न सकेको छैन । अहिलेसम्म चार पटक संयुक्त बैठक बसिसकेको छ । तर बैठक अलमलमै टुंगिएको छ ।गठबन्धनका संयोजक माओवादी केन्द्रका जिल्ला अध्यक्ष घर्तीमगरले गठबन्धनप्रति विश्वास दिलाउन र मुख्य निर्णयमा पुग्न निरन्तर लागिपरेको बताए । गठबन्धन हुने विषयमा छलफल चलिरहेका बेला कांग्रेस रोल्पाले विज्ञप्तिमार्फत नयाँ सर्त अघि सारेपछि थप अन्योल उत्पन्न भएको हो । कांग्रेसले आधा हिस्सा मागेपछि गठबन्धनभित्रका दलहरूमा झन् अविश्वास उत्पन्न भएको अवस्था छ ।

प्रकाशित : ३ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६