खेलकुद

आईपीएल क्रिकेटमा हैदराबाद ७ विकेटले विजयी



काठमाण्डाै २ बैशाख – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद ७ विकेटले विजयी भएको छ ।

मुम्बईमा कोलकाताले दिएको एक सय ७६ रनको लक्ष्य हैदराबादले १७ ओभर पाँच बलमा तीन विकेट गुमाएर भेट्टायो ।

हैदराबादका राहुल त्रिपाठीले ७१ रनको तथा एडिन मार्क्रमले अविजित ६८ रनको अर्धशतकीय पारी खेले । कोलकाताका आन्द्रे रसेलले २ तथा प्याट कमिन्सले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन जोडेको थियो ।

कोलकाताका नितिष रानाले ५४ रनको अर्धशतकीय पारी खेले । आन्द्रे रसेल ४९ रनमा अविजित रहे । कप्तान श्रेयस आयरले २८ रन जोडे । जितसँगै हैदराबाद सातौँ स्थानमा उक्लिएको छ । कोलकाता चौथो स्थानमा छ ।

प्रकाशित : ३ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६