खेलकुद

आईपीएल क्रिकेटमा बेङ्ग्लाेरले दिल्ली क्यापिटल्सलाई हराएको



काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

गएराति मुम्बईमा भएको खेलमा बेङ्ग्लाेरले दिल्लीलाई १६ रनले हरायो । बेङ्ग्लाेरले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो । दिल्लीका डेभिड वार्नरले ६६ रनको अर्धशतकीय पारी खेले ।

बेङ्ग्लाेरका जोश हाजलउडले ३ तथा मोहमद सिराजले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन जोडेको थियो । बेङ्ग्लाेरका लागि दिनेश कार्तिकले ६६ तथा ग्लेन म्याक्सवेलले ५५ रनको अर्धशतकीय पारी खेले ।

दिल्लीका शार्दुल ठाकुर, खलिल अहमेद, अक्षर पटेल र कुलदीप यादवले एक/एक विकेट लिए । जितसँगै बेङ्ग्लाेरले ६ खेलमा ८ अङ्क जोडेको छ । बेङ्ग्लाेर तेस्रो स्थानमा उक्लिएको छ । दिल्ली ५ खेलमा ४ अङ्क जोडेर आठौँ स्थानमा छ । हिजो भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्ससँग पराजित हुँदै लगातार छैटाैँ हार बेहोरेको छ ।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६