अर्थ-वाणिज्य

घरेलु रोजगारी बढाउन नगरले ५ वर्षमा ठूलो रकम तालिममा खर्च गर्यो :उपमेयर अर्याल




प्रयास पोख्रेल
कपिलबस्तु ४ बैशाख । रोजगारी बढाउन नगरले ५ वर्षमा ठूलो रकम तालिममा खर्च गरेको वाणगंगाका उपमेयर चक्रपाणी अर्यालले दावि गर्नु भएकोछ । नेपाल घरेलु तथा साना उधोग महासँघ कपिलबस्तुद्धारा सञ्चालित ४५ दिने हस्तकला अन्तर्गत वाँसबाट बन्ने सामाग्रीको तालिम समापन कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले शिपलाइ ब्यावसायीक बनाउन नगरले पर्याप्त लगानी गरेको बताउनु भएकोछ।

उहाँले घरेलु तथा साना उधोग महासँघले पछिल्ला बर्षमा उद्यमशिलता बढाउन उत्कृष्ट काम गरेको बताउनुभयो । तालिम समापनमा बोल्दै घरेलु तथा साना उधोग महासँघका केन्द्रिय सचिव भेषराज पाण्डेले संघिय शाक्य गणराज्यमा समेत प्राचिन कपिलबस्तुमा घरेलु उधोग फस्ट्याएको स्पष्ट दावि गर्नु भयो । उहाले प्राचिन भग्नावशेष उत्खनन् गर्दा ठूलो संख्यामा माटो का भाडाकुडा,काठवाट बनेका कलात्मक बस्तुहरुको अवशेष भेटिएकोले यसको पुष्टि हुने दावि गर्नु भयो ।
घरेलु तथा साना उधोग महासँघका प्रदेश कोषध्यक्ष लक्ष्मण बेल्बासेले कपिलबस्तुमा घरेलु उधोग खुल्ने क्रम बढेको भन्दै ब्यबस्थित तुल्याउन स्थानिय सरकार अग्रसर हुनुपर्ने बताउनुभयो । घरेलु तथा साना उधोग कार्यालय कपिलवस्तुका प्रमुख कालिदास बस्यालले महासंघले उधोगीहरुको क्षमता बिकासमा निरन्तर योगदान गरेको औल्याउनु भयो । तालिम समापनको अध्यक्षता घरेलु तथा साना उधोग महासंघ कपिलवस्तु शाखा अध्यक्ष फुलकुमारी श्रेष्ठ र सञ्चालन रबिन्द्र पौडेलले गर्नुभएको थियो । ३० जना सहभागी रहेको तालिम ४५ दिनसम्म चलेको थियो भने तालिमको लागी वाणगंगा नगरपालिकाले सघाएको थियो ।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६