कपिलवस्तु ५ बैशाख । लुम्विनी प्रदेशको चुनावी प्रचार भेलालाई संबोधन गर्न नेकपा (एमाले)का उपमहासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मूख्यमन्त्री पुथ्वी सुब्बा गुरुङ्ग कपिलवस्तु आउनु भएको छ । गयराती जगनगरमा आइपुग्नु भएका गुरुङले आज विहान ८ वजे गोरुसिंगेमा हुने नगरस्तरीय अगुवाकार्यकर्ता भेलालाई संबोधन गर्नु हुने छ ।
एमाले नेता गुरुङ्ग नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग एवम् प्रेस चौतारीद्धारा संयुक्त आयोजित प्रदेश स्तरीय प्रचार भेलालाई आज दिउसो जिल्लाको ४ नं. स्थित पिस हिमालय रिसोर्टमा संबोधन गर्नु हुनेछ ।सोही भेलालाई सम्बोधन गर्न एमाले नेता विष्णु रिमाल, प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेत लगायतका नेता आउने कार्यक्रम तय भएको प्रेस चौतारी नेपाल लुम्बिनीले जनाएको छ ।
५ बैशाख २०७९, सोमबार
प्रतिक्रिया