ब्रेकिंग न्युज

साढे २ करोडभन्दा उकालो लाग्यो ‘ए मेरो हजुर ४’ काे कमाइ



काठमाडौं, ०५ वैशाख ।  बिहीबार प्रदर्शनमा आएको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ ले साढे २ करोडभन्दा माथि कारोबार गरेको छ। नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले शुरुका ४ दिनमा साढे २ करोडको आँकडा पार गरेको हो।

बहुप्रतीक्षित कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ सँग प्रदर्शन मिति जुधेका कारण फिल्मले व्यावसायिक सफलता हात पार्नेमा धेरैले आशंका गरेका थिए। तर तुलनात्मक रुपमा कम शो पाएको फिल्मले पहिलो दिन नै ८८ लाखभन्दा माथिको कारोबार गर्न सफल भएको थियो। फिल्मले दोस्रो दिन ६६ र तेस्रो दिन ८९ गरी ३ दिनमा २ दशमलव ४३ करोडको कारोबार गरेको थियो।

आइतबारको बक्स अफिस कलेक्सन भने सार्वजनिक भइसकेको छैन। फिल्मले आइतबार साढे २ करोडको आँकडा पार गर्दै ३ करोडको नजिक पुगेको निर्माण टोलीले जनाएको छ। यही रफ्तारमा जाने हो भने फिल्मले पहिलो हप्तामा नै लगानी सुरक्षित गरेर नाफामा जाने देखिएको छ। निर्माण टोलीका अनुसार फिल्मको बजेट साढे २ देखि ३ करोड रहेको छ। 

सफल फिल्म सिरिजको चौथो फिल्म ‘ए मेरो हजुर ४’ लाई प्रतीक्षित मानिएको थियो। फिल्मले प्रदर्शन मिति तोकिसकेपछि ‘केजिएफ च्याप्टर २’ले पनि सोही मितिमा आउने घोषणा गरेको थियो। ठूलो बजेटमा बनेको बहुप्रतीक्षित फिल्मसँग जुध्ने निश्चित भएपछि पनि निर्माता सुनिलकुमार थापा भने तोकिएकै मितिमा फिल्म प्रदर्शन गर्नेमा दृढ देखिएका थिए। 

झरना थापाको निर्देशन तथा सुनिलकुमार थापाको निर्माणमा बनेको राेमान्टिक फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा देखिएका छन्।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६