बाणगंगा, ०६ वैशाख ।
भुपु सैनिक स्कूल बाणगङ्गा कपिलवस्तु को २० औं वार्सिकोत्सव एवम अभिभावक दिवस तथा नतिजा प्रकासन – २०७९ सम्पन्न भएको छ । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र बिक्रम साहको अध्यक्षता, बाणगङ्गा नगर निवर्तमान शिक्षा,युवा तथा खेलकुद बिभाग प्रमुख बाबुराम भट्टराई को प्रमुख आतिथ्यता, बाणगङ्गा नगर शिक्षा,युवा तथा खेलकुद बिभाग प्रमुख खिम बहादुर जिशि को बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै भुतपुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गा बहादुर कार्कि, व्यवस्थापन समिति सदस्य लक्ष्मी आले, लक्ष्मी सारुलगायत अतिथिहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रम लाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै बाणगङ्गा नगर निवर्तमान शिक्षा,युवा तथा खेलकुद बिभाग प्रमुख बाबुराम भट्टराईले विद्यालयको २० औं बार्सिकोत्सबको अबसरमा शुभकामना दिदै बोर्डिङ स्कुलले अब शिक्षण प्रणाली लाइ अझै प्रभावकारि बनाउन नसके अभिभावकले बालबालिकालाइ सरकारी स्कुलमा भर्ना गरिदिनेमा दुइमत नरहेको बताउनु भएको थियो ।
नगरका बोर्डिङ स्कुल आफुआफुमा विद्यार्थी तान्ने होडबाजी गरिरहदा सरकारी स्कुलले विद्यार्थी तान्न सफल भएको बताउनु भएको थियो । अब नगरका बोर्डिङ स्कुलहरु एक आपसमा मिलेर नगए बोर्डिङ स्कुल धरापमा पर्ने समेत उहाँले बताउनु भएको थियो । त्यस्तै बाणगङ्गा नगरका शिक्षा युवा तथा खेलकुद बिभाग प्रमुख खिम बहादुर जिसिले शिक्षाको गुणस्तर प्रभावकारी बनाउनु नै आफ्नो विद्यालयमा विद्यार्थीको संख्या बढाउने अन्तिम अस्त्र भएको बताउनु भएको थियो ।
पछिल्लो समय सरकारी स्कुलले समेत बोर्डिङ स्कुलको नक्कल गरेको हुदा बोर्डिङ स्कुलमा विद्यार्थीको संख्या कमि हुँदै गएको र सरकारी स्कुलमा विद्यार्थीको संख्या बढ्दै गएको उहाको बुझाइ रहेको थियो । केहि समय एउटा विद्यालयमा पढाउने र पछि कुनै प्रक्रिया पुरा नगरि अभिभावकले अर्कै विद्यालयमा भर्न गरिदिदा पनि निकै समस्या आएकोले त्यस्तो नगरिदिन उहाले अनुरोध समेत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक राजकुमार क्षेत्रीले भुपु सैनिक विद्यालयलाइ अघि बढाउनको लागि भुतपुर्व सैनिकले गरेको योगदान निकै महत्त्वपूर्ण रहेको भन्दै धन्यवाद समेत दिनुभएको थियो । कार्यक्रमम बोल्दै प्रधानाध्यापक क्षेत्रीले भन्नुभयो “अहिले केहि कारण ले गर्दा स्कुलको गुणस्तरमा कमि आएको हो कि जस्तो महसुस भएको छ तर यस्तो समस्यालाइ हामिले छिट्टै समाधान गरेर प्रभावकारी ढङ्गबाट विद्यालयलाइ अघि बढाउने छौ ।” उहाँले भन्नुभयो । साथै उहाले अबको शैक्षिक सत्रदेखि बिभिन्न शिक्षालाइ गुणस्तरीय बनाउनको लागि विभिन्न कार्यक्रम ल्याइने पनि बताउनु भएको थियो ।
कार्यक्रममा यस शैक्षिक सत्रको नतिजा प्रकाशन समेत गरिएको थियो । विद्यार्थीले आफुले सिकेका ज्ञानलाइ परिक्षा दिएर ल्याएको परिक्षा फललाइ विभिन्न श्रेणीमा बिभाजन गरि उत्कृष्ट स्थान ल्याउन सफल विद्यार्थीलाइ पुरस्कार वितरण समेत गरिएको थियो ।
त्यस्तै कार्यक्रममा विभिन्न विद्यार्थीको समुहले विभिन्न सास्कृतिक कार्यक्रम तथा खेलकुद सम्बन्धि प्रतिभा समेत प्रस्तुत गरेका थिए । विद्यार्थी, अभिभावक, शिक्षक, पत्रकार लगायत विभिन्न ब्याक्तिको बाक्लो उपस्थिति रहेको कार्यक्रममा शिक्षिका शर्मिला झाक्रि को स्वागत मन्तव्य तथा विद्यालयका शिक्षक डम्मर बहादुर शोमैको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया