काठमाडौं ७बैशाख ।। सर्वोच्च अदालतले राष्ट्र बैकका निलम्बित गर्भनर महाप्रसाद अधिकारीलाई कुनै कारवाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फूयाँलको एकल इजलासले यस्तो आदेश जारी गरेको हो।
सर्वोच्चले वैशाख १३ गते दुवै पक्षलाई बोलाएको छ । अन्तरिम आदेश दिनुपर्ने या नपर्ने भन्ने विषयमा दुवै पक्षलाइ बोलाइएको हो । त्यतिञ्जेलसम्म २४ गतेको मन्त्रिपरिषद् निर्णय र २५ गतेको पत्र कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको हो ।
गत चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्न समिति गठन गरेको थियो । छानविन समिति गठनसँगै गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका थिए । कुनै गल्ती विनै प्रतिशोधका कारण सरकारले आफूमाथि छानबिन थालेको भन्दै अधिकारीले सरकारको निर्णय नै खारेजीको मागदाबी गर्दै रिट दायर गरेका थिए ।
७ बैशाख २०७९, बुधबार
प्रतिक्रिया