इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स र पन्जाब किङ्ग्सबीच भोलि बुधवार हुने खेलको स्थान परिवर्तन गरिएको छ ।
दिल्ली क्यापिटल्सको टिमका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि पुनेमा हुने खेललाई मुम्बईमा सारिएको आईपीएलले जनाएको छ । भोलि बिहान सबै खेलाडीको पीसीआर परीक्षण गरिने र थप खेलाडी सङ्क्रमित भएको पाइए खेल स्थगित हुने खबरमा उल्लेख छ ।
लामो यात्रा गर्दा कोरोनाको थप जोखिम हुने भएकाले खेल मुम्बईमै गर्ने निर्णय लिइएको आईपीएलले जनाएको छ । दिल्लीको टिमका चार जनामा कोरोना पुष्टि भइसकेकोमा आज बिहान अलराउन्डर मिचेल मार्सलाई पनि कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । अरू अफिसियल र सहयोगीको अवस्था सामान्य रहेको क्लबले जनाएको छ ।
प्रतिक्रिया