कपिलवस्तु ८ बैशाख। स्थानीय तह चुनावका लागि रोल्पामा सत्तारुढ दलहरु भागबन्डा मिलाउन र उम्मेदवार छान्न व्यस्त छन् । तर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा भने अरु दलभन्दा एक कदम अघि बढेर उम्मेदवार घोषणा गर्दै चुनाव प्रचारमा लागि सकेको छ । नेकपाका केन्द्रीय नेताहरु नै चुनावी तयारीका लागि रोल्पामा छन् र उनीहरुले प्रशिक्षण, घरदैलो कार्यक्रम गरिरहेका छन् ।
देशभक्त, सच्चा गणतन्त्रवादी र एमसीसी विरोधीलाई जिताउने लक्ष्यसहित चुनावमा होमिएको नेकपाका नेताहरुले बताउने गरेका छन् । विप्लव नेतृत्वको नेकपाको तयारीले रोल्पाको चुनाव रोचक बन्ने देखिन्छ । रोल्पालाई नेकपा माओवादी केन्द्रको प्रभाव क्षेत्र मानिन्छ । शान्ति प्रक्रियापछि भएका सबै निर्वाचनमा एकलौटी जित हात पार्दै आएको माओवादीले रोल्पालाई आधारक्षेत्र मान्ने गर्छ । पछिल्लो पटक २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा १० मध्ये ७ स्थानीय तह जितेको उसले प्रदेश सभाका दुई र प्रतिनिधिसभाको चुनावसमेत जितेको थियो ।
रोल्पामा एक्लै राज गरेको नेकपा माओवादी केन्द्रलाई स्थानीय तह निर्वाचनमा भने आफैंबाट फुटेर गएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चुनौती बनेको छ । रोल्पामा स्वतन्त्र उमेदवारी दिएर चुनाव लड्ने विप्लव समूहको तयारीले चुनावी महौल तताएको नेपाली कांग्रेसका नेता एवम पूर्व सांसद लेखनाथ आचार्यको अनुभव छ ।
८ बैशाख २०७९, बिहिबार
प्रतिक्रिया