खेलकुद

आईपीएल क्रिकेटमा दिल्लीले पन्जाबलाई ९ विकेटले हरायो



इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई ९ विकेटले हराएको छ । मुम्बईमा भएको खेलमा पन्जाबले दिएको १ सय १६ रनको लक्ष्य दिल्लीले १० ओभर ३ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो । दिल्लीका डेभिड वार्नरले अविजित ६० रनको अर्धशतकीय पारी खेले ।

पन्जाबका राहुल चाहरले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा अलआउट हुँदै १ सय १५ रन बनाएको थियो । दिल्लीका ललित यादव, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले २/२ विकेट लिए ।

जितसँगै दिल्ली ६ खेलमा ६ अंकका साथ अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ । पन्जाब ७ खेलमा ६ अंक जोडेर आठौं स्थानमा छ ।  

प्रकाशित : ८ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६