इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इन्डियन्समाथि तीन विकेटकाे राेमाञ्चक जित निकालेकाे छ ।
मुम्बईले दिएकाे एक सय ५६ रनकाे लक्ष्य चेन्नईले २० औँ ओभर (अन्तिम बल) मा भेटायाे । अन्तिम ओभरमा १७ रन चाहिएकाेमा चेन्नईका महेन्द्रसिंह धाेनीले अन्तिम बलमा चाैका प्रहार गर्दै टिमलाई जिताए, उनले १३ बलमा नटआउट २८ रन बनाए । यस्तै चेन्नईका लागि अम्बाती रायडुले ४०, राेबिन उथापाले ३० र ड्वेन प्रेटरियसले २२ रन जाेडे । बलिङतर्फ मुम्बईका ड्यानियल साम्सले चा र जयदेव उनादकटले दुई विकेट लिए ।
यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेकाे मुम्बईले निर्धारित सात विकेट गुमाएर एक सय ५५ रन बनायाे । मुम्बईका लागि तिलक वर्माले ५१ र सूर्यकुमार यादवले ३२ रन बनाए । बलिङतर्फ चेन्नईका मुकेश चाैधरीले तीन र ड्वेन ब्राभाेले दुई विकेट लिए ।
याे जितसँगै चेन्नई सात खेलमा चार अङ्कसहि तालिकाकाे नवाैँ स्थानमा छ । मुम्बई भने लगातार साताैँ हारसँगै तालिकाकाे पुछारमा छ ।
प्रतिक्रिया