खेलकुद

चेन्नईले जुनियर मलिङ्गालाई भित्र्यायो



चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा श्रीलंका युवा तीव्र गतिका बलर माथिसा पाथिराना (जुनियर मलिङ्गा) लाई भित्र्याएको छ । न्युजिल्यान्डका तीव्र गतिका बलर एडम मिल्ने कोलकाता नाइट राइडर्ससँगको खेलको क्रममा घाइते भएपछि चेन्नईले २० लाख भारुमा माथिसालाई अनुबन्ध गरेको जनाएको छ ।

१९ वर्षीय माथिसाले श्रीलंकाबाट २०२० र २०२२ मा यू–१९ विश्वकप खेलेका थिए । उनी तीव्र गतिसँगै योर्करका लागि चिनिन्छन् । उनको बलिङ शैली श्रीलंका पूर्व सफल तीव्र गतिका बलर लासिथ मलिङ्गासँग मिल्ने हुँदा जुनियर मलिङ्गाको नामले चर्चित छन् । २०२२ को यू–१९ विश्वकपमा उनले ७ विकेट लिएका थिए ।

गत डिसेम्बरमा भएको यू–१९ विश्वकपमा श्रीलंकाले नेपाललाई ६० रनले हराउँदा उनले ३ विकेट लिएका थिए । चेन्नईका तीव्र गतिका बलर दीपक चाहर यस प्रतियोगिता नै नखेली बाहिरिएका छन् । चेन्नईको बलिङ आक्रामण भने यस सिजनमा कमजोर छ । चेन्नई ६ खेलमा ५ मा हार र १ मा जित सहित नवौं स्थानमा छ ।

पछिल्लो खेलमा चेन्नई गुजरात टाइटन्ससँग ३ विकेटले पराजित भएको थियो । ड्वेन ब्राभो, क्रिस जोर्डन र मुकेश चौधरीलाई तीव्र गतिको बलरमा खेलाएको थियो । जोर्डनले ३.५ ओभरमा ५८ रन खर्चेका थिए । उनको स्थानमा ड्वेन प्रिटोरियसलाई खेलाउन सक्छ । माथिसा उपलब्ध भएसँगै चेन्नईको प्लेइङ–११ मा खेल्ने देखिन्छ । जोर्डन र प्रिटोरियस मात्र विदेशी तीव्र गतिका बलर हुन् ।

चेन्नईमा श्रीलंकाकै स्पिनर महेश थिक्सनाले सानदार प्रदर्शन गरेका छन् । थिक्सनाले सानदार प्रदर्शन गरेपछि चेन्नईले श्रीलंकाकै खेलाडी भित्र्याएको हो । माथिसा नयाँ खेलाडी हुँदा आइपिएलमा हतियारको रुपमा प्रयोग गर्नसक्छ । चेन्नईले आज पुछारमा रहेको मुम्बई इन्डियन्ससँग खेल्दैछ ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६