अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने



काठमाडौं ।

नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने भएका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन गर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

उनका अनुसार कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा राष्ट्रिय–अन्तर्राष्ट्रिय हवाई यात्रुको चाप बढ्दै जाँदा विमानस्थलहरुलाई समेत पूर्ण क्षमतामा चलाउने निर्णय भएको हो ।

पछिल्लो केही महिनायता प्रतिकूल मौसमले विमानस्थल प्रभावित हुँदा उडानरअवतरण प्रभावित भएको छ । जसले उडानहरु रातको समयमा बढी धकेलिने गरेका छन् ।

कतिपय अवस्थामा वायुसेवा कम्पनीहरुले राती अबेर उडानहरु रद्द गर्दा काठमाडौं तथा अन्य विमानस्थलहरुमा यात्रु अलपत्र समेत पर्ने गरेका छन् । नेपालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट अनौपचारिक सञ्चालनमा आइसकेको छ । यहाँ आन्तरिक उडान शुरु भएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन विमानस्थलमा कुनै कारणले उडान अवतरण प्रभावित बनेको अवस्थामा विकल्पका रुपमा गौतमबुद्ध विमानस्थल तयार भएसँगै दुवै अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा चल्ने भएका हुन् ।

प्राधिकरणका अनुसार रात्रिकालीन उडान हुने विमानस्थल भने अब १८ घण्टा चल्नेछन् । बिहान ६ बजे खुल्ने विमानस्थलहरु राति १२ बजे बन्द हुनेछन् । यसले रातको अन्तिम समयमा हुने उडान रद्दको समस्या समाधान हुने अपेक्षा गरिएको छ । अहिले तराई भेगका राजविराज बाहेक सबै विमानस्थलमा रात्रिकालीन उडान हुने गरेको छ ।

यी हुन् रात्रिकालीन उडान हुने विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
धनगढी विमानस्थल
नेपालगञ्ज विमानस्थल
सिमरा विमानस्थल
जनकपुर विमानस्थल
विराटनगर विमानस्थल
भद्रपुर विमानस्थल

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६