खोज–अनुसन्धान

एमाले रुपन्देहीद्वारा १६ बटै पालिकाका उम्मेदवारको सूची सार्वजनिक




बुटवल ११ वैशाख। नेकपा एमालेले रुपन्देहीका सबै स्थानीय तहको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्याल उम्मेदवार बन्ने भएका छन् । त्यस्तै तिलोत्तमा नगरपालिकाको मेयरमा मोहन चापागाईं र उपमेयरमा जगेश्वरी देवी चौधरी उम्मेदवार चयन भएका छन् ।सैनामैना नगरपालिकाको मेयरमा हालका मेयर चित्रबहादुर कार्की र उपमेयरमा बिना रानालाई नै दोहो¥याउने निर्णय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले बताए ।
त्यसैगरी देवदह नगरपालिका मेयरमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङलाई उठाउने एमालेको निर्णय छ । खरेल एमाले प्रदेश कमिटी सदस्य हुन भने गुरुङ जिल्ला कमिटी सदस्य तथा नगरपालिका उपप्रमुख हुन् । देवदहमा यसअघि नगर प्रमुख नेपाली कांग्रेसले जितेको थियो ।सिद्धार्थनगर नगरपालिका मेयरमा डा। रामप्रसाद बस्याल र उपमेयरमा उमा अधिकारी उम्मेदवार चयन भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा मेयरमा रमावती यादव र उपमेयरमा कल्पना हरिजनलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ । रमावती केही दिन अघिमात्रै नेपाली कांग्रेस त्यागेर एमाले प्रवेश गरेकी हुन् ।यस्तै एमालेले जिल्लाका १० गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारको टुंगो लगाएको छ । जस अनुसार ओमसतिया गाउँपालिका अध्यक्षमा मञ्जितकुमार यादव र उपाध्यक्षमा निर्मलाकुमारी निषाद उम्मेदवार बन्ने भएका छन् ।
रोहिणी गाउँपालिका अध्यक्षमा सनोजकुमार यादव र उपाध्यक्षमा बसन्ती पाण्डे उम्मेदवार बन्ने भएका छन् । मन्जित र सनोज दुई महिनाअघि जनता समाजवादी छाडेर एमाले प्रवेश गरेका हुन् । सनोज यसअघि पनि अध्यक्ष निर्वाचित थिए ।यस्तै मायादेवी गाउँपालिका अध्यक्षमा लाला लोध र उपाध्यक्षमा सन्नु चाई, मर्चवारीमाई गाउँपालिका अध्यक्षमा कमलेश यादव र उपाध्यक्षमा बिन्द्रावती गौड, सम्मरीमाई गाउँपालिका अध्यक्षमा मुस्लिम खान र उपाध्यक्षमा पिंकला लोध उम्मेदवार बन्ने भएका छन् ।

यस्तै कोटहीमाई गाउँपालिका अध्यक्षमा श्यामसुन्दर यादव र उपाध्यक्षमा मायाँ साहनी,गैडहवा गाउँपालिका अध्यक्षमा सुरेन्द्र पौडेल र उपाध्यक्षमा माधुरी जैसवाल, कञ्चन गाउँपालिका अध्यक्षमा गोकर्णबहादुर क्षेत्री र उपाध्यक्षमा गोमा तरामु उम्मेदवार बन्ने भएका छन् । कञ्चनका दुबै जना हालका अध्यक्ष र उपाध्यक्ष हुन् ।यस्तै शुद्धोधन गाउँपालिका अध्यक्षमा किशुनचन्द्र चौधरी र उपाध्यक्ष शान्तादेवी ज्ञवाली, सियारी गाउँपालिका अध्यक्षमा अयोध्या थारु र उपाध्यक्षमा अमृता गुरुङ उम्मेदवार बन्ने भएका छन् । चौधरी, थारु र गुरुङ यसअघि पनि सोही पदमा निर्वाचित भएका हुन् ।

प्रकाशित : ११ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६