अर्थ-वाणिज्य

कपिलवस्तुका ४ पालिकामा एमालेवाट को कसले टिकट पाए ?




कपिलवस्तु ११ बैशाख । एमाले कपिलवस्तुले राजमार्ग क्षेत्रका जिल्लाका ४ वटा पालिकामा मेयर उपमेयरको उम्मेदावरी टुंगाएको छ । जस अनुसार बाणगंगामा मेयरमा चक्रपाणी अर्याल र उपमेयरमा रिता थारु , बुद्ध भूमिको मेयरमा पिताम्वर खनाल र उपमेयरमा मञ्जु थारु शिवराजको मेयरमा महादेव पोखरेल र उपमेयरमा शिवकुमारी थारुले एमालेवाट उम्मेदवारी पाउनु भएको छ । यसैगरी विजयनगरमा अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मी थारुले उम्मेदवारी पाउनु भएको छ । अन्यपालिकाको हकमा कतिपयमा नटुंगिएको र कतिपयमा मेयर टुंगिएपनि उपममेयर टुंगाउन वाँकी रहेको भन्दै विवरण सार्वजनिकगरिएको छैन । यी पालिका मध्ये ३ वटा एमालेले जितेका पालिका हुन् ।

प्रकाशित : ११ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६