अर्थ-वाणिज्य

जसले ६५ बर्षको उमेरमा राजनीतिमा पहिलो अवसर पाए




कपिलवस्तु १३ बैशाख । उनी जतिवेलावाट जान्ने भए त्यति बेलावाटै कम्युनिष्ट भए । अहिले उमेरले ६५ पुगे । अवसरका लागि कहिल्यै दल बदल गरेनन् । ठूला नेताको चाकडी पनि गरेनन्। धम्काउन पनि पुगेनन् । यस बीचमा धेरै अवसर आए उनको नाम जोडिन्थ्यो । तर टिकट पाउने वेलामा अरुले नै पाउथे । तर कहिल्यै मन दुखाएनन । पीडा पोख्दै हिडेनन् । निरन्तर खटदै गए । पटक पटक राजनीतिमा आरोह अवरोह आए तर उनी एमालेवाट विचलित भएनन् । कहिल्यै पनि सुटेड बुटेड भएर शानझार्ने तर्फ सोच्न्र भ्याएन् । उनले केवल यतिमात्र सोचे कुनै दिन मलाई मेरो पार्टीले मैले गरेको कामको उचित मुल्यांकन गर्नेछ ।
दिनपछि रात, सुख पछि दुख र चुनौती पछि अवसर घुमिफिरी आउछन् भने झै यसपाली एमाले जस्तो शक्तिशाली पार्टीमा आधा दर्जन मेयरका आकांक्षीलाई स्वभाविक रुपमा पछि पार्दै बुद्ध भूमीको मेयरमा उनी प्रतिस्पर्धाी सहकर्मीका साझा बनेर उम्मेदवारी दिएकाछन्। उनले पाटीवाट टिकट पाएपछि सबै दावेदारहरुले सहजैचित्त बुझाएका छन् र भन्ने गरेका छन् लामो मेहनत पार्टीमा गरेका थिए । टिकट पाए ठिकै भयो । मेहनतको मूल्यांकनवाट टिकट पाउने उनीहुन् पिताम्वर खनाल ।
सादगी स्वभाव ,मिलनसार ब्यक्तित्व , सामान्य पहिरन ,सबैलाई सुन्ने ,निश्पक्ष वोल्ने , कुनै लोभलालचमा नफस्कने , कहि कतै साना तिना कुरामा नवहकिने उनै पिताम्वर यतिबेला मेयमरको उम्मेदवारका रुपमा बुद्ध भूमीमामा एमालेवाट खडा भएका छन् । ६५ बर्षको उमेर राजनीतिमा पहिलो अवसर पाएका पिताम्वरले यतिबेला आफूले सहजै जित्ने दावि गर्छन । मेरो इमान्दारीता , जनताप्रतिको ४५ वर्ष सम्मको निरन्तर समाजसेवा , मेरा सहकर्मी प्रतिस्पर्धीको सहश्र स्वीकार, एमालेको जस्तो दरिलो संगठन , सबै वडामा सक्षम उम्मेदवार आदी नै मेरो जीतका कारक हुन उनले प्रेसपाटीसंग वताए ।हाल उनी एमाले जिल्ला कमिटिको सचिवालय सदस्यका रुपमा काम गर्दै आएका छन । बिगत ३० वर्ष देखि जिल्ला कमिटिमा उनले काम गर्दै आएका छन । सुर्य चिन्ह्रलाई भारी मतले जिताउने छु उनले भने ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६