खोज–अनुसन्धान

एमालेले हारे लुम्विनीको राजधानी अलपत्र पर्छ : पोखरेल




ओमप्रकाश गुप्ता
भालुवाङ १६वैशाख । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले एमालेले हारेमा लुम्बिनी प्रदेशको राजधानी अलपत्र पर्ने वताउनुदै राजधानी कार्यान्वयनका लागि नेकपा एमालेलाई जिताउन आवश्यक रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी एमाले राप्ती गाउँपालिका कमिटीले आज राप्ती गाउँपालिका २ लालमटिया आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकाहुन्। प्रमुख अतिथि समेत रहेका पोख्रेलले नेपाललाई विकास र सम्वृद्विको यात्रा अगाडि बढाउन सक्ने भिजन एमालेकोमा भएकाले उम्मेदवारहरूलाई विजयको शुभकामना समेत दिएका छन् । यस्तै उनले एमालेलाई अहिले चारै तिरबाट घेराबन्दी गर्ने काम भएको र चारै तिरबाट आक्रमण भइरहेकाले सत्ता गठबन्धन सँग एमाले एक्लै सामना गर्न तयार रहेको बताए । देशैभर अहिले एमालेको जनलहर बढीरहेकोले सत्ता गठबन्धन एमाले सँग डराइरहेको पनि बताए ।
त्यस्तै उनले अहिलेको सरकार अदालतको फैसलाबाट बनेको हो, जनमतबाट बनेको होइन अब त्यसको बिदाई वैशाख ३० गतेले गर्ने बताए । पार्टीका राप्ती गाउँपालिका कमिटीका अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा महिला नेतृ गंगा चौधरी, पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा राप्ती गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जगतप्रसाद पोख्रेल, उपाध्यक्ष पदकी उम्मेदवार कमलापती चौधरी लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए । यसै बीच कार्यक्रम विभिन्न पार्टी परित्याग गरि दर्जन बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटका नेता विष्णुप्रसाद चौधरी, राष्ट्रिय जनमोर्चाका तोरन शर्मा, भुमि गुरूङ लगायत १०७ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरूलाई पार्टीका महासचिव पोख्रेलले टीका लगाएर पार्टी प्रवेश गराएका थिए । कार्यक्रमको सञ्चालन पार्टीका राप्ती गाउँपालिका कमिटी सचिव भरतमणी न्यौपानेले गरेका थिए ।

प्रकाशित : १६ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६