अर्थ-वाणिज्य

५ बर्षको विकासमा भलवाड सबै भन्दा अगाडी कसरी पुग्यो ?




कपिलवस्तु२० वैशाख ।५ वर्ष अघि बाणगंगाका भलवाड र पटना सबै भन्दा अविकसीत र पछौटे वडा मानिन्थे तर आज भलवाड विकासमा सबैभन्दा अगाडी पुगेको भन्दै भलवाडवासीलाई मेयरका प्रत्यासी चक्रपाणी अर्यालले वधाई दिनु भएको छ । उहाले चुनावी कोणसभामा वोल्दै यस्तो वताउनु भएको हो । भलवाडमा बाणगंगाको पहिलो औधोगिक ग्राम बन्ने काम तिब्र छ । सबै सडक कालोपत्रे भएका छन् । सिंचाई र खानेपानीका ठूला संरचना यस बीचमा थपिएका छन् । सामुदायिक बनको विकास सबै वडामा भन्दा बढी ब्यवस्थित छ । पर्यटकीय मनोरम स्थल वनेका छन् । यी सबै तथ्यवाट भलवाडले विकासमा फड्को मारेको छ अर्यालले भन्नु भएको छ ।
एमालेवाट मेयरका उम्मेद्वार अर्यालले बाणगंगा नगरको वडा नं. ९ भलवाडका बस्तीहरुको घरदैलौ अभियानका क्रममा स्थानियबासीलाई कोणसभामा सम्बोधन गर्दै भन्नु भयो आफुहरु निर्वाचित हुनुभन्दा भलवाडका कुनै पनि सडक कालोपत्रे नभएको अवस्थामा अहिले मुख्य सडक कालोपत्रे भईसकेको र अब सहायक सडकहरु पनि कालोपत्रे गर्ने बताउनुभयो ।
उहाँले कपिलधामको ब्यवस्थित विकास गर्दै वडाका अधुरा भौतिक पूर्वाधारका कार्यलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो । उहाँले हिउदे सिंचाई प्रणालि स्थापना गरि तरकारी फलफुल र तेलहन पकेट क्षेत्र बनाउँदै बजारीकरणमा सघाईने, एक घर एक धारा मिलाउन थप आयोजनाहरु संचालन गर्ने, जमिन मुनिको पानी (ग्राउण्ड वाटर) संरक्षणका लागि विशेष कार्यक्रम लागु गर्ने, नदी खोला, घोला, र राजकुलोका कारण हुने कटान रोक्ने प्रभावकारी विधि अपनाउने जस्ता प्रतिवद्धता समेत व्यक्त गर्र्नुभएको छ ।
मतदाता भेटघाटका क्रममा मेयरका उम्मेद्वार अर्यालले नगरभित्रका सामुदायिक वनलाई नगरले दिने सुविधा र उनीहरुले स्थानीय विकासको लागि गर्ने योगदानको लेखाजोखा गर्न एक विज्ञ कार्यदल गठन गर्ने, पुरातात्विक सम्पदाको जिओग्राफिक सर्वे र उत्खनन्को ब्यबस्था मिलाउने, खेल मैदानहरुलाई स्तरउन्नती गर्दै नगरलाई खेलकुद हवका रुपमा विकास गर्ने, नगरभित्र समग्र खेलकुद विकासका लागि निति बनाई खेलकुद विकास समिति गठन गर्ने र स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने आश्वासन दिनुभयो ।
त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले भलवाड पर्यटकिय सम्पदाको हिसावले निकै धनी रहेको चर्चा गर्दै स्थानिय सम्पदालाई आर्यआर्जनसंग जोडेर कार्य सम्पादन गर्ने बताउनु भयो । घरदैलो अभियानका क्रममा एमालेकोे तर्फबाट बाणगंगा न.पा. वडा नं. ९ का अध्यक्षका प्रत्यासी कमल पौडेलले भलवाडमा प्राविधिक शिक्षा आवश्यक रहेको चर्चा गर्दै आफुले त्यसका लागि आवश्यक प्रयत्न गर्ने बताउनु भयो ।
संयौको संख्यामा रहेको घरदैलो अभियानमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य जंजिर प्रसाद थारु, धुव्र बेल्बासे, बाबुराम रायमाझी वडा सदस्यका उम्मेद्वार केशरा गुरुङ्ग, भिम बहादुर पुन, नुमलाल चौधरी, बसन्ती गायन लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक, मतदाताहरुको उत्साहजनक उपस्थिती रहेको एमाले वडा नं. ९ को निर्वाचन परिचालन कमिटीले जनाएको छ ।
यस्तै विभिन्न वडाको घरदैलो कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य बिमला घिमिरे, केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज बलराम अधिकारी, निर्वाचन परिचालन कमिटि बाणगंगाका संयोजक बिश्राम प्रसाद थारु, जिल्ला सचिवालय सदस्य भेषराज पाण्डे, बाणगंगा नगर ईन्चार्ज शंकर पाण्डे, नगर कमिटिका कार्यवाहक अध्यक्ष मुक्त बहादुर कार्की, उप सचिव चेतनारायण भण्डारीको उपस्थिती रहेको थियो । यस्तै बाणगंगाका सम्पुर्ण वडाहरुले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् । मतदाताहरुका जिज्ञासा मेटाउदै सुर्य चिन्हमा मतदान गर्न उम्मेद्वारहरुले आग्रह गरेका छन् ।

प्रकाशित : २० बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६