अर्थ-वाणिज्य

हर्साेल्लासका साथ मनाइयो ईद उल फितर




कपिलवस्तु २० बैशाख । मुसलमान समुदायले एक महिनासम्म गरिने रमजान पर्वको उपवास सकेको भोलिपल्ट ईद –उल –फित्र मनाएकाछन् । इदको अर्थ खुसियाली हो र रमजान सम्पन्न भएको उपलक्ष्यमा खुसियाली मनाइएकाले यस चाडलाई इदुल फित्र भन्ने गरिएको हो । ईदको उपलक्ष्यमा विपन्न,अशक्त, टुहुरा र असहाय व्यक्तिलाई दान दिएर यस चाडको खुसियालीमा सरीक हुन सहयोग पनि गर्ने चलन छ । अरबी पात्रोअनुसार एक महिनासम्म उपवास बसेपछि महिनाको अन्तमा चन्द्रमाको दर्शन गरेपछि रमजान पर्व सम्पन्न हुन्छ र भोलिपल्ट इद पर्व मनाउने परम्परा छ ।
उक्त दिन राति देखिने चन्द्रमालाई इदका चाँद भन्ने गरिन्छ । एक महिना पुरा भएपनि चन्द्रमाको दर्शन नगरेसम्म पर्व जारी रहने नियम छ । इस्लाम धर्मालम्बी यस दिन नयाँ लुगा लगाउने, आफन्तलाई भेट्ने, उपहार आदानप्रदान गर्ने र मीठो खाना खाने गर्छन ।

प्रकाशित : २० बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६