काठमाण्डाै – स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।
आज बिहान सकिएको सेमिफाइनल खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–१ गोलले हराउँदै रियल मड्रिड फाइनलमा पुगेको हो ।
फरवार्ड रोड्रिगोले दुई तथा करिम बेन्जेमाले एक गोल गरी रियललाई फाइनलमा पुर्याए । दोस्रो लेगमा सिटीका लागि रियाद महारेजले एक गोल गरे ।
पहिलो लेगमा सिटी ४–३ गोलले विजयी भएको थियो । तर दोस्रो लेगमा रियलले तीन गोल गरेपछि समग्रमा ६–५ को अग्रता लिएको हो । अब उपाधिका लागि रियल मड्रिड र लिभरपुल आउँदो मे २९ मा खेल्नेछन् ।
लिभरपुल भिल्लारियललाई हराउँदै फाइनलमा पुगिसकेको छ ।
प्रतिक्रिया