अर्थ-वाणिज्य

फरक खालको प्रचार : साइनो अनुसारको ढोगभेट, गच्छे अनुसारको मतदान




कपिलवस्तु २७ बैशख । एमालेका तर्फवाट वाणगंगा ४मा अध्यक्षका उम्मेदवार रहेका छवि रेष्मिले चुनाव आएकाले होइन यस अघि पनि जेष्ठहरु संगको घरायसी भेटघाटमा खुटटा समाएर ढोग्ने वानीनै विकास गर्नु भएको थियो । यसपाली चुनावमा पनि आफू भन्दा सिनियरलाई हातमा वा खुटटामा साइनो अनुसार ढोग्ने र गच्छे अनुसार (क्षमता अनुसार) भोट दिनु होला भन्ने गर्दा अरु उम्मेदवारको भन्दा फरक पन आएको छ । मलाई जिताउनु तपाइको क्षमताले जति भेट्छ त्यति मत दिनु होला उहाले मतदाताको घरदैलोमा पुगेर अपिल गर्नु भएको छ ।
कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका मुटुको रुपमा रहेको वडा नं. ४ का वडाध्यक्षका पदका उम्मेद्वार छवि रेश्मी जनताको सेवा गर्ने अठोटका साथ चुनावी मैदानमा उत्रीनुभएको छ । युवाहरुको सर्वाधिक रोजाईमा पर्न सफल रेश्मी उम्मेद्वार पाउँदा मतदाताले खुसी व्यक्त गरेका छन् । वडावासीलाई समस्या पर्दा जति बेला पनि समस्याको समाधान गर्न तयार रहने उम्मेद्वार पाउँदा उनीहरु भोट हाल्न उत्सुक देखिन्छन् । नेकपा एमालेको तर्फबाट वडाध्यक्षका पदका उम्मेद्वार रेश्मी घरदैलो कार्यक्रम सकिएसंगै मतदाता भेटघाटमा ब्यस्त हुनुहुन्छ ।

उहाँले वडाका हरेक बाटोलाई धुलो र हिलो मुक्त बनाई सहज रुपमा यात्रा गर्न सक्ने, गास, वास, कपास र शिक्षाको आवश्यक प्रबन्ध गर्ने, विभिन्न सीपमुलक तालिम प्रदान गरि आत्मनिर्भर बनाउने, पछाडी परेका महिलाहरुलाई सामाजिकसंगै आर्थिक रुपमा अब्बल बनाउने लगायत विभिन्न योजनाहरुलाई पुरा गर्ने लक्ष्य रहेको बताउनुभयो ।भेटघाटका क्रममा वडाध्यक्षका उम्मेद्वार रेश्मीलाई मतदाता भन्छन्, यत्तिको अनुभव भएको र युवा उम्मेद्वार पाउँदा हामी खुसी छौँ, ‘विकासको आशा छ पुरा गर्नुहोला’ । रेश्मीले वडावासीका हरेक माग र आवश्यकताको आधारमा वडाका हरेक योजना बनाउने बताउदै वडावासीलाई स्थानीय सरकारको अनुभुती हुने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६