खेलकुद

एनपिएल: आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा



काठमाडौँ, २३ कात्तिक

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) अनुसार आज हुने पहिलो खेल मध्याह्न १२:३० बजे मा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच तथा दोस्रो खेल अपराह्न ५:०० बजे काठमाण्डु गोर्खाज र चितवन राइनोजबीच हुँदैछ । यी दुई वटै खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । ‘प्लेअफ’ पुग्ने झिनो आशा बाँकी राख्न पोखराले आज जित्नैपर्ने दबाबमा छ । चार खेल खेल्दा जितविहीन पोखरा अहिले अङ्क तालिकाको अन्तिममा छ । छैटौँ स्थानमा रहेको कर्णालीले चार खेल खेल्दा दुईमा जित र दुईमा हारको सामना गरेको छ । आजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने काठमाण्डु गोर्खाज अहिले सानदार लयमा छ । दोस्रो स्थानमा रहेको ऊ आज पनि जित निकालेर शीर्ष स्थानमा उक्लिने योजनामा छ । उता चितवन पनि आफ्नो अपराजित यात्रा जारी राखेर अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । ऊ अहिले चार खेलबाट पाँच अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपिएलको यस संस्करणमा आठ वटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित : २४ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६