खोज–अनुसन्धान

८ डाक्टरले एकैसाथ विदा लिदा अस्पतालको सेवा ठप्प




प्यूठान १३ जेठ । आठजना डाक्टरले एकैसाथ विदा लिदा प्यूठान अस्पतालको सेवा ठप्प भएको छ । चिकित्सक नहुँदा जिल्ला अस्पताल प्यूठानमा पोष्टमार्टम सेवा अवरुद्ध भएको हो । अस्पतालमा कार्यरत चिकित्सकहरु एकै पटक बाहिर जाँदा अस्पतालको सेवा रोकिएको हो । अस्पतालमा कार्यरत एक जना एमडी र सात जना मेडिकल अफिसर अस्पतालमा उपस्थित नहुँदा सेवा प्रभावित भएको हो । अहिले जिल्ला अस्पताल प्यूठानमा पोष्टमार्टम सेवा बन्द भएको छ ।अस्पतालका कार्यरत ८ जना कर्मचारी परीक्षा दिन जिल्ला बाहिर गएको र अन्य पदमा कार्यरत चिकित्सक नहुँदा सेवा प्रभावित भएको प्यूठान अस्पतालका सूचना अधिकारी खिमप्रसाद पार्धेले बताए । जनशक्ति नहुँदा सेवा रोकिएको र यसको विकल्प खोजी भइरहेको समेत उनले बताए । उनका अनुसार कर्मचारी नहुँदा सेवा राकिएको विषयमा मन्त्रालयमा जानकारी गराइसकिएको र केही समयमा सेवा पुनः सुरु हुने बताइएको छ ।
यसवाहेक जिल्लाका स्थानीय तहहरुमा पनि चिकित्सक जिल्ला बाहिर रहेकाले समस्या हुने गरेको पार्धेले जानकारी दिए । गौमुखी गाउँपालिका, ऐरावती गाउँपालिकाका चिकित्सकहरु पनि परीक्षा दिन जिल्ला बाहिर छन् । १७ गतेमात्रै चिकित्सकहरु जिल्ला फर्कने हुँदा त्यतिञ्जेलसम्म सेवा बन्द हुन सक्ने बताइन्छ ।बिहीबार पोष्टमार्टमका लागि प्यूठान अस्पताल ल्याइएको शव अहिलेसम्म पनि अस्पतालमै राखिएको छ । शव पोष्टमार्टमका लागि अस्पतालमा आएका मृतकका आफन्तहरूका अनुसार अस्पताल प्रशासनले अहिले शव पोष्टमार्टमका लागि लमही वा बुटवल लैजान भनेको छ ।प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले भने अस्पतालमा रहेका अन्य चिकित्सकलाई जिम्बेवारी दिने गरी लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा समन्वय भएको बताइन् । अस्पतालमा दुई जना एमडी अहिले पनि रहेको स्वास्थ्य मन्त्रालयबाट पोष्टमार्टम गर्ने जिम्बेवारी दिइए सेवा पुनः सुरु हुने बताइन् ।

प्रकाशित : १३ जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६