अन्तर्राष्ट्रिय

च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई




जेठ १५ प्रेसपाटी । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । फ्रान्सको पेरिसमा गएराति भएको फाइनलमा इङ्ग्लिस क्लब लिभरपुललाई १–० गोलले हराउँदै रियल च्याम्पियन बनेको हो ।
रियलका भिनिसियस जुनियरले खेलको ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । यो सँगै रियलले कीर्तिमानी १४औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । च्याम्पियन्स लिगमा रियलसँगको हारसँगै लिभरपुल यो सिजन दुई उपाधिमा सीमित भएको छ ।
लिग कप र एफए कप जितेको लिभरपुलले प्रिमियर लिग र च्याम्पियन्स लिगमा हार बेहोरेको हो । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी युरोपको शीर्ष पाँच लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक समेत बनेका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६