अन्तर्राष्ट्रिय

पाकिस्तान चिनियाँ अन्तरिक्ष मिसनमा सामेल हुने



बेइजिङ, २१ कात्तिक (रासस/एएफपी):
पाकिस्तानी अन्तरिक्ष यात्री चीनको अन्तरिक्ष स्टेशन मिशनमा जानुहुने भएको छ । उहाँ चीनको अर्को कक्ष मिशनमा सामेल हुनुहुनेछ । पाकिस्तान र चीन नजिकका कूटनीतिक तथा रणनीतिक साझेदार हुन् । सन् २०२५ को फेब्रुअरीमा दुवै देशले पाकिस्तानी अन्तरिक्ष यात्रीहरूका लागि चिनियाँ सरकारको तालिम कार्यक्रम सुरु गर्ने सम्झौता गरेका थिए । चीनको अन्तरिक्ष निकाय (सीएमएसए) ले सामाजिक सञ्जालमा जनाए अनुसार पाकिस्तानी अन्तरिक्ष यात्री शेनझोउ–२४ दलका साथ उडान गर्नुहुनेछ । भनाइमा प्रस्थानको मिति उल्लेख गरिएको छैन, तर यो मिशन यस वर्षको अन्त्यसम्ममा हुने अपेक्षा गरिएको छ । सीएमएसएका अनुसार पाकिस्तानी अन्तरिक्ष यात्री (पेलोड विशेषज्ञ) छोटो कक्ष उडानमा सामेल हुनुहुनेछ र मे महिनामा तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा डक भएको शेनझोउ–२३ अन्तरिक्षयानसँगै फर्कनुहुनेछ । सीएमएसएले पाकिस्तानी दल सदस्यको नाम खुलाएको छैन। तर अप्रिलमा मुहम्मद जीशान अली र खुर्रम दाउद नामका अन्तरिक्ष यात्रीहरूलाई चीनमा तालिम सुरु गर्न छानिएको बताएको थियो । बेइजिङले हालका वर्षहरूमा आफ्नो अन्तरिक्ष कार्यक्रममा ठूलो लगानी गरेको छ। यसले मुख्य प्रतिद्वन्द्वी संयुक्त राज्य अमेरिकाको बराबरी गर्दै सन् २०३० सम्म चन्द्रमामा अन्तरिक्ष यात्री उतार्ने लक्ष्य राखेको छ । पाकिस्तान यसका लागि स्वाभाविक साझेदार हो। दुवै देश आफ्नो दशकौँ पुरानो ‘सबै समय’ मित्रताको प्रायः चर्चा गर्छन्। चीन पाकिस्तानको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख विदेशी लगानीकर्ता हो । सिन्ह्वा न्यूज एजेन्सीले दावी पुष्टि गर्दै भनेको छ, “सन् २०२५ को सम्झौताअनुसार चीनमा तालिमपछि पाकिस्तानी अन्तरिक्ष यात्रीहरूले ‘आउँदा केही वर्ष’ चिनियाँ सहकर्मीहरूसँग छोटो अवधिका अभियानमा सामेल हुनेछन् ।”

प्रकाशित : २२ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६