अन्तर्राष्ट्रिय

फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको आह्वान



पेरिस, २१ कात्तिक (रासस/एएफपी):
फ्रान्सका विद्यार्थी र शिक्षक समूहहरूले मङ्गलबार हडतालको आह्वान गरेका छन् । उनीहरूले शिक्षा क्षेत्रमा खर्च बढाउन सरकारमाथि दबाब जारी राखेका छन्। फ्रान्समा यस अघि भएका प्रदर्शन हिंसात्मक हुँदा ठूलो सङ्ख्यामा प्रदर्शनकारी र सुरक्षाकर्मीसमेत घाइते भएका थिए । आन्दोलनले हिंसात्मक प लिएपछि सरकारले देशका शहरी क्षेत्रमा व्यापक सुरक्षादस्ता परिचालन गरेको थियो । फ्रान्सले हप्ताौँदेखि विद्यालय बन्द र प्रदर्शनलाई निरन्तरता दिएको छ । शिक्षक र विद्यार्थी सङ्घका ट्रेड युनियनहरूले शनिबार नयाँ आन्दोलनको घोषणा गर्दै संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, “उनीहरूको आन्दोलन ‘शक्तिशाली अवस्थामा छ र सरकार कमजोर अवस्थामा छ र झुक्न थालेको छ।” वक्तव्यमा भनिएको छ, “सरकारमाथि दबाब कायम राखेर आन्दोलनलाई फराकिलो बनाउने यही बेला हो। यसका लागि मङ्गलबार एक दिन पुनः देशव्यापी हडतालको आह्वान गरिएको छ।” –––

प्रकाशित : २२ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६