अन्तर्राष्ट्रिय

इंग्लिस क्लब चेल्सी किनबेचको प्रकृया पूरा




जेठ १७,
इंग्लिस फुटबल क्लब चेल्सी किनबेचको प्रकृया पूरा भएको छ । अमेरिकी धनाढ्य टोड बोहली र उनको नेतृत्वमा रहेको क्लियरलेक क्यापिटल कन्सोर्टियमले आधिकारिक रुपमा इंग्लिस क्लब चेल्सी किनेका छन् ।
धनाढ्य बोहलीले ४ दशमलव २५ विलियन पाउण्डमा चेल्सी किनेका हुन् । योसँगै चेल्सी किनबेचको प्रक्रिया पूरा भएको छ । चेल्सी किनेपछि बोहलीले क्लबको संरक्षक बन्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका छन् । चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचलाई बेलायतमा बस्न प्रतिबन्ध लागेपछि चेल्सी बेच्ने प्रकृया सुरु भएको थियो । अब्रामोविचले सन् २००४ मा चेल्सी किनेका थिए ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६